उद्योग संगठन मोरङ अध्यक्षमा प्याकुरेल

उद्योग संगठन मोरङ अध्यक्षमा प्याकुरेल

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको आवद्धता रहेको उद्योग संगठन मोरङको अध्यक्षमा सुयष प्याकुरेल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।उद्योग संगठन मोरंङको ४८ औं बार्षिक साधारण सभापछि भएको निर्वाचन प्रक्रियामा प्याकुरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँ संगठनको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

निर्वाचनबाट बरिष्ट उपाध्यक्षमा प्रदिप मुरारका निर्वाचित हुनु भएको छ । यसैगरी उपाध्यक्षहरुमा राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल निर्वाचित हुनुभएको छ । यसैगरी कोषाध्यक्ष बिपीन कावरा चयन हुनु भएको छ ।

संगठनको कार्यकारीणी सदस्यहरुमा सुरेन्द्र गोल्छा, तारानाथ निरौला, ईन्द्र खत्री (राजन), पारश लुनियां, सुनील कुमार धनावत, सुवोध कोइराला, सुदिप घिमिरे, सौरभ सारडा निर्वाचित हु्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्