प्रिन्स र अनुमायाले जिते साईनो मेयर कप उपाधी

प्रिन्स र अनुमायाले जिते साईनो मेयर कप उपाधी

विराटनगर । प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् । पुरुष एकल तर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका दिपेश धामीबिच उपाधीका लागि भएको भिडन्तमा प्रिन्सले बाजी मारे ।

उनले एपिएफका दिपेश धामी माथि २३-२१, २१-१८ को जित निकाले । यसका साथै प्रिन्सले चितवनमा भएको हारको बदला समेत लिएका छन् । बिजयी खेलाडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने उपबिजयी खेलाडीले नगद ३० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका पुलिस क्लबका बिष्णु कटुवाल र सेनाका रुकेश महर्जनले नगद १०-१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै क्वाटरफाईनलिष्ट सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, भुपु सैनिकका सहरोज अन्सारी र सेनाका भोज बहादुर गुरुङ्गले नगद ५५ हजार प्राप्त गरे ।
आईतबार साङ्गलास्थित साईनोको कभर्डहलमा भएको महिला एकल तर्फको प्रतिस्पर्धामा आफ्नै क्लबकी अमिता गिरीलाई २१-१०, २१-१७ को सोझो सेटमा पराजित गर्दै राईले उपाधी हात पारेकी हुन् । राईले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरिन् । यस्तै उपबिजेता गिरीले नगद १५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरिन् । तेश्रो स्थानमा रहेका एपिएफकी शोभा गौचन र धादिङ्गकी तारा आले प्रत्येकले नगद ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्राप्त गरे ।

साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ हिमालयन क्लबका बिशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरीको जोडीले आयोजक साईनोका अभिषेक बोश र सुजन थापाको जोडी माथि २१-१७, १६-२१, २१-१७ को जित निकाल्दै उपाधी उचाले । बिजयी जोडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपबिजयी जोडीले नगद ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । सूर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडी तथा गण्डकी ब्याडमिन्टन क्लबका सनम खपाङ्गी र हिरा राईको जोडी तेश्रो हुँदै नगद १०।१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
पुरुष भेट्रान ४५ तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी बिजयी भयो । उक्त जोडीले परफेक्ट फिटनेश क्लबका पूर्ण हरि होना र संजय कपालीको जोडीलाई १२-२१, २२-२०, २१-१६ ले पराजित गरेका हुन् । बिजयी खेलाडीहरुले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजयी टिमले नगद २५ हजार, मेडल र प्रमाण पत्र तथा तेश्रो हुने युनिक स्पोर्टस्का अनिल कुमार लाखे र पाल्पाका महेश बज्राचार्यको जोडी तथा ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडीले नगद १०-१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

रुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्यदर्शनका दीपक राना र संजय श्रेष्ठको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका तिलक छन्त्याल र हिरा राईको जोडीलाई १८-२१, २१-१४, २१-१२ ले पराजित गर्दै ट्रफी उचाले । यस्तै उपबिजयी खेलाडीहरुले मेडल, प्रमाण पत्र प्राप्त गरे ।
पुरुष सी तर्फको प्रतिस्पर्धामा टोखा युथ क्लबका क्षितीज खनाल र अमन महर्जनको जोडीले बाजी मा¥यो । उक्त जोडीले किर्तिपुरका दिप्रिस मुनि बज्राचार्य र निखिल भट्टको जोडीलाई २१-१९, २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । उपबिजेताले मेडल र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर फुँयाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य सुभाष श्रेष्ठ, महासचिव बिरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
पाँच दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय बरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स (४५ बर्ष माथी) बी र सी लेबल गरि कुल ६ बिधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको लागत १५ लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्