विभिन्न ब्राण्डका २२९ कार्टुन मदिरासहित विराटनगरको जहदाबाट एकजना पक्राउ

<span class='c1'>विभिन्न ब्राण्डका २२९ कार्टुन मदिरासहित</span> <span class='c2'>विराटनगरको  जहदाबाट एकजना पक्राउ</span>

विराटनगर । नेपालबाट भारततर्फ मदिरा चोरी निकासी गर्दै आएको समूहका एकजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले मोरङको जहदा गााउँपालिका–१ बाट भारत मदियारीका शिवलाल रायलाई ठूलो परिमाणको मदिरासहित नियन्त्रणमा लिइएको हो ।

रायले स्थानीय रमेश यादवको घरमा कोठा भाडामा लिएर मदिरा भण्डारण गर्ने र मौका परेको समयमा भारततर्फ लैजाने गरेको प्रहरीको दावी छ । प्रहरीले मदिरा ओसारपसारमा संलग्न सवारी समेत नियन्त्रणमा लिइएको छ । प्रहरीले उमंग लेखिएका ५७ कार्टुन, पलपल लेखिएको ४० कार्टुन, सोफीका लेखिएको ३७ कार्टुन, हरपल लिएको १५२ कार्टुन र केहि नलेखिएको १९९५ बोतल मदिरा बरामद गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीले डब्लुबी–२०–जेड–१०८७ नम्बर प्लेटको भारतीय कार, एनआर–४०–बी–८०४२ नम्बरको डिस्कभर मोटरसाइकल, बीआर–३८–डब्लु–६९१८ नम्बरको पल्सर मोटरसाइकल, को २९ प ८१९१ नम्बर र को १ प ३९०८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको प्रवक्ता राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्