विराटनगरबाट ट्याङ्करमा डिजेल भारततर्फ लैजाने लागेको आरोपमा दुईजना पक्राउ

विराटनगरबाट ट्याङ्करमा डिजेल भारततर्फ लैजाने लागेको आरोपमा दुईजना पक्राउ

विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट भारतको बरौनीतर्फ जाने तयारीमा रहेको ट्याङ्करमा डिजेल भेटिएपछि गाडीका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । भारतको बरौनीबाट इन्धन लिएर आएको ट्याङ्करले तेल अनलोड गरेर फर्किने बेलामा पुनः डिजेल लोड गरेको भेटिएपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिइएको हो । नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर ३६ रुपैँया महंगो मूल्य पर्दछ ।

अत्याधुनिक लकिङ गरिएका ट्याङ्करमा इन्धनको ढुवानी हुँदै आएको छ । तर, नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटगनरमा भने लकिङ सिस्टम नै भत्काएर इन्धन चोरिएको घटना यस अगाडी भईसकेको छ । त्यस्तै घटनाको रुपमा दोस्रो पटक भारत फर्कन लागेको ट्याङ्करमा लकिङ गर्ने समयमा डिजेल फेला परेपछि त्यसको अनुसन्धान सुरु गरिएको हो । तीनदिन अगाडी फागुन २९ गते को १ ख ५९१२ नम्बरको ट्याङ्कर भारत फर्कनका लागि नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा लकिङ सिस्टम लगाउने क्रममा तेल भेटिएको हो । घटनापछि आयल निगमले मोरङ प्रहरीलाई जानकारी गराएको थियो ।

जानकारीपछि चालक भारत अररिया मिरगञ्ज बस्ने २६ वर्षको मोहमद सजाद र २१ वर्षको ईमरोज आलमलाई प्रहरीले नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले जानकारी दिनुभयो ।
प्रहरीले नेपाल आयल निगमको बिनियम तथा प्रचलित कानून विपरित पेट्रोलिम पदार्थ अपचलन गरि राजश्व चुवाहट गरेको आरोपमा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी गरिरहेको खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्