विराटनगर बसपार्क भित्रै यातायात व्यवसायीमाथी जालझेल

विराटनगर बसपार्क भित्रै यातायात व्यवसायीमाथी जालझेल

विराटनगर । विराटनगर बसपार्कमा कुनैबेला कहलिएका यातायात व्यवसायी बिनोद रायलाई परिबन्दमा पारेर उनका दुईवटा बसका सामान चोरिएका छन् । उनी विरुद्ध योजनावद्ध मुद्दा लगाएर प्रहरी नियन्त्रणमा रहेका बेला बसको ब्याट्री तथा एलईडी टिभी तथा अन्य सामाग्री चोरिएका हुन् ।
कुनैबेला कहलिएका राया अहिले धेरै समस्यामा झेलिएका छन् । त्यहिपनि उनका आफ्नै तीनवटा बस छन् । बसपार्कमा पार्किङ गरिएको ना ३ ख १०६ नम्बरको बिनम यातायातको बस लिएर गत माघ १६ गते निस्केपछि उनलाई प्रहरीले मकालु टेलिभिजन पछाडीको गल्लीबाट नियन्त्रणमा लिइएको थियो । साँझ ८ः३० बजे विराटनगर बसपार्कबाट उनले आफ्नो गाडी एकाएक लिएर निस्केको थिए । बसपार्कमा पार्किङ गरिएको गाडी लिएर उनी मकालु टेलिभिजन पश्चिमतर्फको गल्लीमा पार्किङ लगाएर बसेको बेला पक्राउ परेका हुन् ।

उनी विरुद्ध बसपार्कको सुरक्षामा बसेका सुरक्षागार्ड रबि भट्टराईलाई अभद्र व्यवहार गरेको आरोप थियो । प्रहरीले माघ १६ गते पक्राउ गर्दा राया बस भित्रै माछा र मदिरा खाईरहेका थिए । त्यस अगाडी उनले भट्टराईलाई गालिगलौज गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । सामान्य गालिगलौज गरेको आरोपमा माघ १६ गतेदेखि फागुन ११ गतेसम्म उनलाई अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङको थुनामा राखिएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले २५ दिनपछि चार हजार रुपैँया धरौटीमा उनलाई छोडेको थियो ।
कानुन अनुसार आफ्नो कमजोरीको सजाय भोगेर बाहिर आएका रायालाई अहिले व्यवसाय गरेर खान नै बन्चित गराइएको गुनासो गर्दछन् । उनलाई पक्राउ गरेर प्रहरीले उनको गाडी बसपार्कमै फर्काएको थियो । प्रहरीले नै बसपार्कमा लगेर राखिदिएको गाडी भित्रका सामान उनी छुटेर आउँदा हराईसकेका छन् । बसपार्क व्यवस्थापन समितिसँग नजिक रहेका भीम अधिकारीले रायाले बस लिएर निस्केपछि प्रहरीलाई फोन गरेर पक्राएको उनको दावी छ । भट्टराईलाई समेत गालिगलौज केहि नगरेपनि मुद्दा चलाउनकै लागि उनको नामबाट जाहेरी दिन लगाएको पीडितको भनाई छ ।

तर, कानुन उल्लंघन गरेर सजाय पाईसकेपछि पनि अहिले बसपार्कमा रोकिएका गाडीको चाबी फिर्ता दिईएको छैन । बसपार्क व्यवस्थापन समितिले दुई शिर्षकमा लिने शुल्क उनले बुझाउँदै आएका छन् । बसपार्क व्यवस्थापन समितिले टर्मिनल शुल्क १०० र पार्किङ शुल्क ५० रुपैँया लिने गरेको छ । रायाले भने मेरो चाबी बसपार्क व्यवस्थापन समिति अन्तर्गतका भीम अधिकारीसँग छ भनेको सुनेको छु, तर दिइएको छैन । अधिकारीले प्रहरीलाई देखाउने गरेको र प्रहरीले आफूलाई जानकारी नभएको भनेका कारण दुःख भोग्नु परेको रायाले गुनासो गरेका छन् ।
मेरो गाडीको सामान चोरी भएपछि बसपार्क व्यवस्थापन समितिले जिम्मा लिनुपर्छ, रायाले भने–नत्र मैले पार्किङमा राखेको गाडी बसपार्क किन फर्काउनु पर्ने थियो । उनले बुटबल भलाई कोष मात्रै काट्ने गरेकोले बसपार्क भित्रै षड्यन्त्र गरिएको आरोप लगाएका छन् ।

रायाको आरोप अनुसार अधिकारीसँग बुझ्दा उनले कुनै षड्यन्त्र नगरेको दावी गरेका छन् । प्रहरीमै चावी रहेको बताउँदै राया लिन नगएको अधिकारीले बताए। तर, बसपार्क सुरक्षाका लागि बसेका गार्डहरुले चाबी अधिकारीसँगै भएको आफूलाई बताएको रायाले बताए । उनलाई अभद्र व्यवहार गरेको विरुद्ध जाहेरी दिने रबि भट्टराईले मादक पदार्थ खाएर बसपार्कबाट गाडी लिएर निस्केका कारण व्यवस्थापन समितिले उनलाई प्रहरी लगाएर पक्राएको बताए। प्रहरी नियन्त्रणमा रहेका बखत पार्किङका बसबाट सामान हराएको विषयमा प्रहरीलाई समेत जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्