नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष दहाल चयन

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष  दहाल चयन

काठमाडौं

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दहाल चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले दहाललाई दलको नेता चयन गरेको हो ।
एमालेसँग एकीकरण हुनुअघि पनि उनि दलका नेता थिए । दलको प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन् ।

संसदीय दलको उपनेता र सचेतक चयन भने गरिएको छैन । संसद सचिवालयले संसदीय पदाधिकारीको नाम मागेपछि माओवादी केन्द्रले पदाधिकारी चयन गरेको हो ।
:तस्बिर / नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्