विराटनगरमा चैत ५ गतेदेखि जुत्ता–चप्पल व्यापार मेला

विराटनगरमा चैत ५ गतेदेखि जुत्ता–चप्पल व्यापार मेला

विराटनगर । स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आगामी चैत ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा एक महिने जुत्ता चप्पल व्यापार मेला २०७७ आयोजना हुने भएको हो ।

मेला आयोजक समितले विराटनगरमा मंगलबार पत्रकार सम्मेनको आयोजना गरी एक महिना सम्म जुत्ता चप्पल व्यापार मेला आयोजना गर्न लागिएको जनाएको छ । विगत ३ वर्षदेखि हुँदै आएको व्यापार मेला गत बर्ष कोरोना माहामारीका कारण स्थगित गरिएको जुत्ता चप्पल मेला यसपटक भने आगामी चैत्र ५ गतेदेखी बैशाख ५ गते सम्म हुने मेला आयोजक समितिका संयोजक होमनाथ उपाध्ययले बताउनुभयो ।
मेलामा १ सयदेखी १० हजार सम्मको जुत्ता चप्पल खरिद गर्न सकिने उपाध्ययले जानकारी दिनुभयो । मेलामा १५ भन्दा बढी नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको खरिद गर्दा १० देखी ५० प्रतिशत सम्म छुटको व्यावस्था गरिएको उपाध्ययले बताउनुभयो ।

मेलामा बि।एफ डियर हिल, शिखर, कोशेली, क्रसरोड, ब्याम्बु, रोयल, फस्टवक, सु–ल्याण्ड, रन, स्मार्ट, म्याजिक र हाईलाईफ ब्राण्डका एउटै छानामुनी ५ हजार बढी मोडेलका जुत्ता चप्पलहरुको खरिद बिक्री हुने आयोजकको दाबी छ । मेलालाई दैनिक २० हजार बढी उपभोक्ताहरुले अवलोकन गर्ने र एक महिना सम्म हुने मेलामा करिब १० करोडको कारोबार हुने आयोजकको दावी छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीद्धारा उद्धाटन हुने मेलामा अनुमानित २५ हजार जोर जुत्ताचप्पलको खरिद बिक्री हुने आयोजक संस्थाको अपेक्षा छ । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म चल्ने मेला विराटनगरको रङ्गेली रोडस्थित नेपाल बङ्गलादेश बैंकको उत्तरपट्टीको खाली संरचनामा गरिएको छ ।
स्वदेशी उत्पादनको प्रचारप्रसार र प्रर्वद्धनका लागी विगतका समयमा पनि पोखरा, बुटवल, काठमाण्डौं र हेटौंडा जस्ता नेपालका प्रमुख शहरहरुमा जुत्ता चप्पल व्यापार मेलाको आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्