डिजेल तस्करी प्रकरण : ढुवानीकर्ता र पेट्रोलपम्पलाई आयल निगमले बढायो कारवाही

डिजेल तस्करी प्रकरण : ढुवानीकर्ता र पेट्रोलपम्पलाई आयल निगमले बढायो कारवाही

विराटनगर । भारत तस्करी हुन लागेको २ हजार ६६० लिटर डिजेल ट्याङकरबाट बरामद भएपछि नेपाल आयाल निगम प्रादेशिक कार्यालय विराटनगरले पेट्रोलपम्प र ढुवानीकर्ता विरुद्ध कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । निगमले ढुवानीकर्ता र तस्करी गर्न तेल भोर्ने पेट्रोलपम्पलाई कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरका प्रमुख नकुल भण्डारीले जानकारी दिनु भएको हो ।

गत फागुन २९ मा ट्याङकरबाटै डिजेल भारततिर तस्करी हुने गरेको खुलेको थियो । इन्धन तस्करी गर्ने को १ ख ५९१२ नम्बरको ट्याङकर ढुवानीकर्ता चरणप्रीत सिंहको हो । निगमका कर्मचारीले लक गर्नुभन्दा अगाडि ट्यांकर चेकजाँच गर्दा ट्यांकरको एक च्याम्बरमा डिजल फेला परेको थियो । कुनैपनि रित्तो ट्यांकरलाई पेट्रोलियम ढुवानी गर्न भारतको बरौनी वा सिलिगुडी पठाउँदा ट्यांकरका चार वटै च्याम्बरको परीक्षण गरेर लक गरेर मात्र पठाउने गरिन्छ । सिलिगुडीबाट २० हजार लिटर पेट्रोल ल्याएर बेलबारी, विराटचौक र सुनसरीको तरहराको पेट्रोल पम्पहरूमा खन्याएको ट्यांकरले डिजल भरेर भारत जान लागेको फेला पारिएको थियो । निगमको बिनियम अनुसार बदमासी गर्ने ढुवानीकर्तालाई ३ देखि ६ महिना निलम्बन र आपूर्ती बन्दसमेत गर्न सक्नेछ ।

पक्राउ परेका ट्यांकर तथा चालक दलका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षका इमरोज आलमले प्रहरीलाई दिएको बयान अनुसार उक्त ट्यांकरमा मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवास्थित नीतेश ट्रेड नामको पम्पले डिजल भरेको थियो । महेशकुमार अग्रवालको पम्पले प्रतिलिटर २ रुपैयाँ बढी लिएर डिजल भरेको स्रोतको दाबी छ ।
तस्करी गर्न डिजेल भर्ने पेट्रोल पम्पलाई निगमको बिनियम अनुसार १ लाख रुपैयाँ जरिवानादेखि ६ महिनासम्म निलम्बन गर्नसक्ने प्रावधान रहेको छ । अनुसन्धानको क्रममा रहेकोले उक्त पम्पदेखि डिजेल भरेको पुष्टि भए कारवाहीको भागिदार बन्ने निगमले जनाएको छ । फागुन २९ गते बरामद भएको इन्धन भारत पु¥याउँदा करिब ६५ हजार रुपैयाँ तस्करीमा लागेका गिरोहलाई फाइदा हुनेथियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्