एनबिसी कलेजद्वारा पांचजनालाई पूर्ण छात्रवृत्ति

<span class='c1'>एनबिसी कलेजद्वारा पांचजनालाई</span> <span class='c2'>पूर्ण छात्रवृत्ति</span>

विराटनगर
आकृति रानी फुयल

नेपाल बिजनेश कलेज बिराटनगरले बिबिएमा अध्ययनरत पांच जना विध्यार्थिहरुलाई शत प्रतिशत छात्रवृति प्रदान गरेको छ। सेमेष्टर प्रणालीमा अध्यापन हुने यस क्याम्पसले प्रत्येक सैक्षिक सत्रमा ५ जनालाई शतप्रतिशत छात्रवृति उपलब्ध गराउंदै आएको क्याम्पसका निर्देशक दिपक कोइरालाले जानकारी दिएका छन्।

क्याम्पसले उत्कृष्ट ११ जना विद्यार्थीहरुमध्ये पांच जनालाई छनौट गरेर एकजना विद्यार्थी बराबर चार लाख ४८ हजार रुपैयाँ साथमा पाच सय ५० डलर प्रदान गरिएको कोइरालाले बताए। छनौटमा परेका बिद्यार्थिहरुमा निर्जल कार्की , रीतिका घिमिरे, सगर राजबंशी ,इशा कार्की र सुशन श्रेष्ठ रहेका छन्। आवर बिराटनगर संग कुरा गर्दै कोइराला भन्छन्, प्रत्येक वर्ष झैँ यसवर्ष पनि हामीले उत्कृष्ट पांच जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरेका छौं त्यसैले अब उनीहरुको ४ सेमेष्टर सम्मको अध्ययनको अवधिभर क्यामपसले उनीहरुबाट कुनैपनि शिर्षकमा शुल्क लिने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्