लकडाउनको समयमा विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ईटहरीका ४ वटा कलेजमा तालाबन्दी

लकडाउनको समयमा विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ईटहरीका ४ वटा कलेजमा तालाबन्दी

विराटनगर

कोरोना संक्रमणकालिन र लकडाउनको समयमा पनि विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ईटहरीका विद्यार्थीहरुको आन्दोलन जारी छ ।
इटहरीमा निजी क्षेत्रमा सञ्चालित कलेजहरुमा प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुले शुल्कको विषयलाइ लिएर विगत केहीदिन यता सडक जाम गर्नेदेखी कलेजमा ताला बन्दी सम्मको आन्दोलन गर्दै आएका छन् ।

यता विद्यार्थीहरुको आन्दोलनले उग्ररुप लिएको घटनाप्रति नागरिक समाज इटहरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आईतबार एक विज्ञप्ती जारी गर्दै इटहरीका निजी कलेजहरुले कोरोना संक्रमणकालिन अबस्था तथा लकडाउनको समयमा पठनपाठनसमेत नभएको अवधीको शुल्क विद्यार्थीहरुबाट असुलउपर गर्न खोजेको भन्दै विभिन्न सरोकार निकायले ध्यानकर्षण जनाएका छन् ।
विद्यार्थी, अभिभावक तथा विभिन्न राजनैतिक दल निकट विद्यार्थी तथा युवा संगठन समेतको सहभागितामा भइरहेको प्रदर्शन र आन्दोलनले निरन्तर अग्ररुप लिएको घटना प्रति नागरिक समाज गम्भीर बनेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

साथै इटहरीमा सामुदायिक क्याम्पसको रुपमा रहेको जनता बहुमुखी क्याम्पसमा पनि शुल्कको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलनरत भएको विषयप्रति पनि हामी अत्यन्तै गम्भिर भएको पनी विज्ञप्तीमा उल्लेख छ । संवेदनशील विषयमा छलफल गर्न शनिबार बसेको नागरिक समाज इटहरीको कार्यसमितिको आकस्मिक बैठकले समाजका अध्यक्ष श्री सन्तबहादुर डुम्जनको अध्यक्षतामा रहेको कार्य समितिको पदाधिकारीहरु संमिलित टोलीले समस्या समाधानका लागि सरोकारवाला पक्ष र निकाय समक्ष पहल गर्ने निर्णय गरेको थियो । यही क्रममा नागरिक समाजका पदाधिकारीहरुले आन्दोलनरत विद्यार्थी तथा विद्यार्थी संगठनका केही पदाधिकारीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि र निजी कलेज सञ्चालकहरु समक्ष भेटेर समस्या समाधानका लागि आआफ्नो ठाउँबाट संवेदनशील बन्न आवश्यक रहेको साथै विद्यार्थीहरुको मागको सम्बन्धमा समेत गम्भीर बन्नुपर्ने धारणा अगाडि सारिसकेको पनि जानकारी विज्ञप्तीमा गराइएको छ । नागरिक समाजले यो समस्या समाधानका लागि आफ्नो पक्षबाट यो पहल गरिरहदा हाल इटहरीमा देखिएको यो गम्भीर परिस्थिति प्रति जिम्मेबार र संयमित भइ यथास्रिघ उचित निकासकालागि पहलगर्न तथा गराउन समग्र सरोकारवाला पक्षहरु इटहरी उपमहानगरपालिका, कलेज सञ्चालकहरु, विद्यार्थी, अभिभावक, विद्यार्थी संगठन तथा विभिन्न राजनैतिक दलका साथै आम नागरिकहरुलाइ नागरिक समाज हार्दिक अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्