विराटनगरमा ‘डेभ ह्वाटमोर’ को प्रतिक्षामा क्रिकेट खेलाडी, मंगलबार क्रिकेट खेलबारे अन्तरक्रिया

विराटनगरमा ‘डेभ ह्वाटमोर’ को प्रतिक्षामा क्रिकेट खेलाडी, मंगलबार क्रिकेट खेलबारे अन्तरक्रिया

विराटनगर ।

प्रदेश १ को राजधानी विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोर आउने भएपछि पूर्वका क्रिकेटर उत्साहित बनेका छन् । क्रिकेट खेल संभाव्यता अध्ययनसहित पूर्वाधारको अवलोकन गर्नका लागि नेपाली क्रिकेट टोलीका प्रशिक्षक आउन लागेको राष्ट्रिय महिला टोलिका सहायक प्रशिक्षक राजेश पोखरेलले बताएका हुन् ।

विराटनगरमा रहँदा ‘लर्न क्रिकेट विथ डेभ ह्वाटमोर’ अन्तरक्रिया क्रिकेटरसँग हुनेछ । बिराटनगरमा विभिन्न उमेर समूहका खेलाडी तथा कोचहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरिने छ । उक्त अन्तर्किर्या कार्यक्रम बिराटनगर रोडशेषमा रहेको बिग होटलमा हुने आयोजकले जनाएको छ ।
साथै बैजनाथापुरको खेल मैदानमा विभिन्न समुहद्वारा दुइ दिने क्रिकेट कार्यक्रम प्रस्तुत गरिने त्यस बाहेक बैजनाथापुरको खेल मैदानको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेश १ क्रिकेट टोलि प्रशिक्षक प्रदिपराज पाण्डेले जानकारी दिए।

ह्वाटमोरले प्रदेश १ को मोरंङ,सुनसरी, झापा, उदयपुर लगायतका ठाउँहरुबाट आएका खेलाडीहरुको खेल हेरेर यस ट्यालेन्ट हन्टबाट नयाँ खेलाडीलाई राष्ट्रिय टिमका लागि छनौट गर्न सक्ने संभावना समेत छ । क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई तत्कालिन राष्ट्रिय टोलीका प्रशिक्षक जगदीश टमाटाले उत्कृष्ट मूल्यांकन गर्दै छनौट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्