अवैध पैठारी गरिएको भारतीय सामाग्री बिक्री गर्ने इटहरीका चार पसललाई कारवाही

अवैध पैठारी गरिएको भारतीय सामाग्री बिक्री गर्ने इटहरीका चार पसललाई कारवाही

विराटनगर । भारतमा उत्पादन भएका खाद्य सामाग्री अवैध रुपमा नेपाल भित्र्याएर बिक्री वितरण गर्ने इटहरीका चारवटा पसलका सञ्चालक जरिवानामा परेका छन् । गुनासो तथा उजुरीका आधारमा मंगलबार गरिएको संयुक्त अनुगमनमा अवैध कारोबार गरेको पाइएपछि पसलका सञ्चालकबाट जरिवाना भराईएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुसार इटहरीको माँ नवदुर्गा सप्लायर्स, पी.डी.सप्लायर्स, भट्टराई स्टोर र राम किराना पसलमा अनुगमन गरिएको थियो । यी पसलहरुमा भारतबाट अवैध रुपमा पैठारी गरिएको बिस्कुट, विभिन्न किसिमका जंकफुड (लेज, कुरमुरे), डेरी मिल्क, हल्दिराम भुजिया बिक्री गर्ने गरेको पाइएको थियो ।

खरिद बिल बिनाका सामाग्री बिक्री वितरण गर्दा बिलबिजक समेत जारी नगरिएको पाइएपछि माँ नवदुर्गा सप्लायर्सलाई पाँच हजार र पी.डी. सप्यायर्स, भट्टराई स्टोर्स र राम किरानालाई १०–१० हजारका दरले जरिवाना गरिएको हो । क्यारिङ्गबाट ल्याइएको सामान नेपाली व्यवसायीले खरिद गरेर बिक्री गर्दा वित्तिय कारोबारमा अपारदर्शिता तथा राजश्व छलि समेत हुने गरेको छ ।

वाणिज्य कार्यालयको नेतृत्वमा इटहरी उपमहानगरपालिका तथा इलाका प्रहरी कार्यालय इटहरीको टोलिले उनीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बिलबिजक देखाउन नसकेको आरोपमा जरिवाना गरेको हो । यो ऐन अनुसार वस्तुको बिलबिजक देखाउन नसकेको अवस्थामा ५ हजारदेखि २० हजार रुपिँयासम्म जरिवाना स्थलगत रुपमै गर्न सकिने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्