विराटनगर–१५ बर्माटोलबाट २ लाख ३७ हजार मूल्य बराबरको सामान नियन्त्रणमा

विराटनगर–१५ बर्माटोलबाट २ लाख ३७ हजार मूल्य बराबरको सामान नियन्त्रणमा

विराटनगर । विराटनगर–१५ बर्मा टोलबाट प्रहरीले २ लाख ३७ हजार मूल्य बराबरको सामान वेवारिसे अवस्थामा बरामद गरेको छ । सीमा सुरक्षामा बसेका प्रहरीसँगको सेटिङमा अवैध रुपमा नेपाल आयात गरिएको सामान प्रदेश १ प्रहरी कार्यालयको टोलिले नियन्त्रणमा लिइएको हो ।

भारतको जोगबनी बजामार खरिद गरिएको सामान भन्सार छली तथा चोरी पैठारी गरेर दरैया वा इस्लामपुरबाट नेपाल भित्र्याउने क्रम बढेको छ । प्रहरीले बोरामा प्याक गरिएको लत्ता–कपडा तथा इलोक्ट्रोनिक सामान बरामद गरेर मूल भन्सार कार्यालय रानीमा बुझाएको छ ।

प्रहरीले झयाल ढोकामा लगाउने ३०० थान पर्दा, जेन्स कुर्ता ८४ थान, लेडिज कुर्ता ४५३ थान, ग्यास चुलाको सामान १४ प्याकेट, स्प्रिङ्ग एक प्याकेट, इलेक्ट्रोनिक सामान तथा पंखाको पाता २०० थान बरामद गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीले सामान पक्राउ गरेपनि सामानका धनी भने पक्राउ गरेको छैन । सामानलाई वेवारिसे अवस्थामा फेला पारेको प्रहरीले दावी गरेको छ । सामान बोकेको सवारीको विषयमा प्रहरीले केहि खुलाएको छैन ।
यसैगरी प्रहरीले विरााटनगर–१५ बाट एक सय केजी सिद्रा समेत बरामद गरेको छ । मंगलबार सााझ प्रहरीले वेवारिसे अवस्थामा सिद्रा बरामद गरेको दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्