तुलसी बहुमुखी सहकारीद्धारा जेष्ठ नागरिकलाई सम्मान

तुलसी बहुमुखी सहकारीद्धारा जेष्ठ नागरिकलाई सम्मान

विराटनगर

विराटनगर २ स्थित मुनालपथमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै १० थान कुर्सी सहयोग गरेको छ ।
सामाजिक उत्तर दायित्वसँगसगै सहकारीले विराटनगर ३ मा रहेको हाम्रो जेष्ठ नागरिक हातेमालो सेवा सेमाजलाई १० थान कुर्सिसँगै ८४ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

सहकारीका मुख्य प्रवन्धक मन्दिप खवासको नेतृत्वमा गएको टोलीले ८४ बर्षभन्दा माथी ४३ जना जेष्ठ नागरिकलाई खदा , माला र अविर लगाएर सम्मान गरेको थियो । सहकारीले सामाजिक उत्तर दायित्व बहन गर्दै हाम्रो जेष्ठ नागरिक सेवा समाजका जेष्ठ नागरिकलाई आवश्यकता खड्की रहेको अवस्थामा कुर्सि सहयोग गरेको तुलसी बहुमुखी सहकारीकी शाखा प्रमुख सुरुची पोखरेलले जानकारी दिईन् । हाल सहकारीमा ५ सय भन्दा बढी सेयर सदस्य रहेका छन् । तुलसी सहकारीले व्यापारिक एवं औद्योगिक क्षेत्रमा लगानी गरी रोजगारीको सृजना गर्ने र देशमै रहेका विभिन्न किसिमका कृषि सम्बन्धी सम्भावनालाई पहिचान गरी बजार सम्म लैजाने काम गर्दै आएको सहकारी मुख्य प्रवन्धक मन्दिप खवासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्