दुर्घटनाबाट मोटरसाईकल र स्काईभेटर चालकको मृत्यु

दुर्घटनाबाट मोटरसाईकल र स्काईभेटर चालकको मृत्यु

बिराटनगर । मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो सवा १२ बजे कटहरी–४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धनपालथान–७ का ६० बर्षीय मुस्तफी मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको हो ।

ठक्कर दिने ट्रयाक्टर र चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिइएको छ । यसै गरी दोलाखा तामाकोशी–३ पुरानोगाँउका २८ बर्षीय पवन महतको स्काईभेटर दुर्घटनाबाट मृत्यु भएको छ ।

बिहीबार दिउँसो सवा १२ बजे पाँचथरको कुम्मायक–४ वानथाक स्थित मध्यपहाडी लोकमार्गको ट्रयाक खन्ने क्रममा ना १ क ८३२१ नम्वरको स्काईभेटर अचानक चिप्लिएर ५०० मिटर तल खस्दा चालक महतको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्