पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाण्डौं । दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा मिति चैत १४ गतेदेखि २३ गतेसम्म दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।
च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो । ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिताहरु आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल प्रतियोगितामानै सहभागिता जनाउँदै स्तरियता प्रदर्शन गर्दै आईरहेका खेलाडी समेत हुन् ।

खेलाडीलाई बिदाई गर्ने क्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले शुभकामना प्रदान गर्दै खेलाडीहरु अबका दिनमा ब्यावसायिकता तर्फ अग्रसर हुनु पर्ने र त्यसका लागि आफुलाई सक्षम बनाउनु पर्ने बताए । उनले खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा समावेश हुने भएकोले त्यसलाई यथार्थमा उतार्नु पर्ने बताए । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले नेपालले पहिलो पटक प्रतियोगितामा सहभागित जनाएको भन्दै यसका लागि नेपाल ब्याडमिन्टन संघ, राखेपका सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठको बिशेष पहल रहेको बताए ।

दक्षिण एशियाली पारा ब्याडमिन्टन संघका अध्यक्ष समेत रहेका उनले नेपाली खेलाडीले विभिन्न विधा मध्ये अहिले एसएल ४ को बिधामा नाम दर्ता गरिएता पनि प्रतियोगिताका दौरान खेलाडीको परिक्षण पश्चात कुन बिधामा सहभागिता जनाउन पाउने भन्ने निक्र्यौल हुने बताए । अध्यक्ष श्रेष्ठले खेलाडीलाई अनुशासित भई प्रतियोगिता खेल्न सुझाव प्रदान गदै पहिलो पटक सहभागिता भएकोले अहिले देखाएको कौशलता र अनुशासनले भोलीका दिनमा अरु खेलाडीहरुका लागि समेत बाटो खुल्ने बताए । बिदाई कार्यक्रममा राखेप सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह र समिर बहादुर सिंह, सदस्य छविलाल जोशी, अन्तराष्ट्रिय अम्पायर उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन, प्रशिक्षक किरण थापा लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्