विराटनगर ‘मिल्स गोल्डकप’को उपाधि एपिएफलाई

विराटनगर ‘मिल्स गोल्डकप’को उपाधि एपिएफलाई

विराटनगर । पहिलो मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चलले जितेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साइनो स्पोर्ट्स क्बल रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो ।

निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो । जितको लागि एपीएफका उज्जवल चाम्लिङ्ग राई, राजकुमार कन्दङबा, रोशन कार्की र आशिष चापागाइले गोल गरि टिमको जित सुनिश्चत गरे । साइनकोको तर्फबाट टाईब्रेकरमा दिवाकर चौधरी, कैलाश बस्नेत र रबि थापा मगरले गोल गरेका थिए । दोर्जे तामाङ्ग प्रहार बाहिरियो भने तिर्थ बस्नेतले प्रहार गरेको गोल एपीएफका गोल रक्षक दिलकुमार लिम्बुले उत्कृष्ट बचाउ गरिदिए ।

जितसँगै एपीएफले नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेको छ । उपबिजेता भएको साइनोले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।प्रतिस्पर्धात्मक खेलमा साइनोका गिलसाङ्ग कन्दङवाले खेलको १८ औं मिनटमा गोल गरि अग्रता कायम गरेका थिए । डिबक्स भित्र साइनोका खेलाडीले प्रहार गरेको बल एपीएफका खेलाडीमा लागेर फर्किएपछि गिलसाङ्गले बललाई क्लियर गरेका थिए । साइनोले अग्रता कायम गरको ९ मिनेट बित्न नपाउँदै एपीएफले खेलको ३६ औ मिनटमा गोल गरि खेल बराबरीमा ल्यायो । एपिएफका खेलाडीले डिबक्स भित्रदेखि प्रहार गरेको बललाई एपिएफका आशिष चापागाइँले जाली चुमाए ।

फाइनलमा एपीएफका डिफेन्डर र मिडफिल्डहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । एपीएफका आशिष चपगाइ म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेका छन् । बेस्ट गोलकिपर सशस्त्र प्रहरीका दिलकुमार लिम्बु भए । बेस्ड डिफेन्डमा सशस्त्र बलका नविन चौधरी घोषित भए । बेस्ट मिडफिल्डर साइनोका कैलाश बस्नेत भए । बेस्ट कोचमा सशस्त्र प्रहरी बलका सुवास गिरी घोषित भए । हाइस्कोर साइनोका गिलसाङ्ग कान्दाहाङवा घोषित भए । उनले खेल अवधिभर ३ गोल गरेका थिए । सर्वोत्कृष्ट खेलाडीमा साइनोका दिवाकर चौधरी भए । उनीहरु सबैले जनही नगद ७ हजार प्राप्त गरे ।

बिजेता तथा उपबिजेता र खेलाडीहरूलाई पुरस्कार प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, मिल्स गोल्डकप टस्टका अध्यक्ष किशोर शाही, कोषाध्यक्ष बिष्णु डंगोल, काँग्रेस नेता राजेश गुप्तालगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्