स्किल्ल वीक २०२१ को समापन समरोहमा चार बिधामा नबिल स्किल हिरो पुरस्कृत

स्किल्ल वीक २०२१ को समापन समरोहमा चार बिधामा नबिल स्किल हिरो पुरस्कृत

काठमाडौं

स्किल वीक २०२१, दोस्रो संस्करण सम्पन्न भएको छ। गत चैत ८ गते बाट सुरु भएको समारोह १६ गते सोमबार काठमांडू स्थित सोल्टी क्राउन प्लाजामा आयोजित विशेष कार्यक्रम आयोजना गरि सम्पन्न भएको हो। उक्त कार्यक्रमको प्रमुख वक्ताका रुपमा सोनम वांगचुकको उपस्थिति रहेको थियो । उनकै जिवनमा आधारीत रहेर शिक्षाप्रतिको सिद्धान्तलाई आकर्षक ढंगले एक बलिवुड चलचित्र थ्री इडीयड्समा समेत प्रस्तुत गरिएको छ ।

साताब्यापी रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरूका साथै एक सय भन्दा बढी इच्छुक व्यक्तिहरु को उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारिको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दो सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति भफ्ल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यत्रफ्म २१ मार्च देखी २९ मार्चसम्म सन्चालन गरिएको ग्लोकल प्रा लिकि सुचना अधिकारि सरु प्याकुरेलले जानकारी दिइन्। स्किल लाई बिकास गर्ने लक्ष्यका साथ “सिपले सम्मान सिपको सम्मान”, भन्ने नाराका साथ यस बर्षको स्किल्ल वीक कार्यत्रफ्म समापन गरेको उनले भनिन् ।

यस कार्यक्रममा चार फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी रहेका थिए । यसैबिच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक व्यक्तित्वहरुलाई नाबिल स्किल हीरो अवार्ड २०२१ उपाधीबाट सम्मानित गरेको थियो । स्किल वीक र नाबिल स्किल हीरो अवार्ड २०२१ को समापन समारोहमा एक मुख्य किनोट स्पीकरको रूपमा, शैक्षिक सुधारक, र दूरदर्शी श्री सोनम वांगचुकको उपस्थिती मा सन्चालन गरिएको थियो ।

पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि, हिमालयन जावाका सञ्चालक तथा एमडी श्री गगन प्रधानलाई नाबिल स्किल हीरोको रूपमा सम्मानित गरिएको थियो किनकि उनी एक प्रभावशाली व्यत्तिफ्त्व हुन जसले कपफ् ीउद्योगमा आफ्नो नाम कमाए र कपफ्कीो स्थापनामा अभिन्न भूमिका खेले । त्यस्तै, नेपाली संगीतमा रहेको विविधताको अनुसन्धान, संरक्षण र उत्सवप्रति प्रतिबद्ध लोक वाद्य कुटुम्बलाई कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएकोमा सम्मानित गरियो । उद्दमशीलता वर्गमा नेपाल महिला उद्यमी संघ नेपालका संस्थापक अध्यक्ष श्रीमती शान्ति चङ्ढालाई सम्मानित गरियो । चङ्ढाले आफ्नो व्यत्तिफ्गत प्रयास, व्यवसाय र विभिन्न संस्थासँगको सम्बन्धको माध्यमबाट सीप विकास र आर्थिक सशत्तिफ्करणको पहलगरेर हजारौं महिला र परिवारलाई प्रभाव पारेकी छिन । विज्ञान र टेक्नोलोजीका लागि, कारखानाका सह–संस्थापक र सीईओ श्री पवित्र गौतमलाई २१ औं शताब्दीका लागि महत्वपूर्ण पाठ्यत्रफ्महरू सिर्जना गर्ने र प्रभावकारी शिक्षा सिर्जना गर्ने निर्माता आधारित शिक्षा प्रयोग गरेर वास्तविक जीवन र कक्षालाई विज्ञान र टेक्नोलोजी सगं जोड्न सक्ने मञ्च प्रदान गर्ने प्रयासको लागि सम्मानित गरियो ।

सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२१ नामक भब्य कार्यत्रफ्म सन्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्गनिर्देश प्रदान गर्न २ प्यानेल छलफल समेत सन्चालन गरिएको थियो ।

सीईओ अनप्लग्डको पहिलो प्यानल छलफलमा “वर्कपफेर्स अपस्किल्लिङ तथा रिस्किल्लिङ” शीर्षकमा आयोजना गरिएको थियो । उक्त प्यानलको मध्यष्तकर्ताका रुपमा ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक श्री आशिस ठाकुर रहेका थिए। प्यानेलमा वीरेन्द्र पाण्डेय, उपाध्यक्ष, नेपाली उद्योग परिसंघ ; क्याबिनेट श्रेष्ठ, प्रबन्ध निर्देशक, अग्नि इनकोरपोरेटेड प्रा.लिका लक्ष्मण न्योपाने, अध्यक्ष / एमडी, सिद्धार्थ हस्पिट्यालिटी समूहका तर्फबाट नोना डेप्रेज, राजदूत, नेपालका लागि यूरोपीयन संघका प्रतिनिधिमण्डलहरु छलफलका लागि प्यानलिस्टको रूपमा उपस्थिती रहेको थियो ।

त्यसैगरी दोस्रो प्यानलमा छलफल शीर्षक “स्किल्ल्स पफ्र पोस्ट पेनडेमिक वर्लड” छलफलले नेपालको सीप नीति, महामारी पछी भविष्यका सीपहरू विकास गर्न, रोजगार क्षमतामा सुधार गर्न, राम्रो कामलाई प्रोत्साहित गर्न, सिक्न र सामाजिकरण गर्न नयाँ प्रवृत्ति सम्बोधन गर्न आवश्यकतालाई प्रकाश पारेको छ । प्यानलिस्टको रूपमा आस्था सखा, कार्यकारी निर्देशक, सखा समूह; श्री सुदीप आचार्य, प्रबन्ध निर्देशक, डिश होमका सुमन घिमिरे, सह–सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल सरकार; र श्री रवि फुयाल , आईएनजीओ समूह बाट उपस्थित थिए भने उक्त प्यानललाई एपी वान एचडी टिभीका प्रमुख सम्पादक टीकाराम यात्रिले कार्यत्रफ्मलाई सन्चालन गरेका थिए ।

कार्यक्रम नबिल बैंक सँगको साभेफ्दारिमा सन्चालन भएको थियो जसको पावर्ड पाटनर सीजी पे, रणनीतिक साझेदार भारतिय दूतावास , श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , नेपाल उद्योग परिसंघ , उद्योग वाणिज्य महासंघ , पे टिभी पार्टनरका रुपमा डिश होम, पि आर पार्टनरः भि चित्र ; सोल्टी क्राउन प्लाजा आतिथ्य पार्टनरका रूपमा ; एयरलाइन्स पार्टनरका रूपमा टकीर्स एयरलाइन्स र नेपाल एयरलाइन्से, नेपाल आइस मनोरन्जन पार्टनरका ?पमा रहेका छन । कार्यशालाहरू, प्रतियोगिता, केस स्टडीहरू, र इंटर्नशिपहरू / लघु रोजगार मेलाहरू सञ्चालन गर्नका लागि बिभिन्न संस्थासँग सहकार्य गरिएको थियो प्याकुरेलले बताईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्