मैया र तिलकको आवाजमा ‘गर्छु नमस्कार’ बजारमा

<span class='c1'>मैया र तिलकको आवाजमा</span> <span class='c2'>‘गर्छु नमस्कार’ बजारमा</span>

काठमाडौँ । गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरेको हो । वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आवाज रहेको छ । चर्चित एरेन्जर सुदिप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन ।

‘गीतमा हामीले सकेसम्म मेहनत गरेका छौ । दर्शकहरुको प्रतिकृया राम्रो आउँछ भन्ने विश्वास छ ।’ गायिका खडकाले भनिन । म्युजिक भिडियोको छायाङ्कन भने उत्सव दाहालले गरेका छन । नविन निरौलाले सम्पादन र कलर गरेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफ गरेका हुन । उक्त म्युजिक भिडियोमा हरिश निरौला “साङ्लो बोरो”,उशा उप्रेती,कमल मनि नेपाल,युग्ज्योती कृयाशिल, बिना राउत,प्रकाश बस्नेत लगायत चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्