जीवन विकास समाजद्वारा पाँच करोडको अक्षयकोष स्थापना

जीवन विकास समाजद्वारा पाँच करोडको अक्षयकोष स्थापना

विराटनगर । जीवन विकास समाजले ५ करोडको अक्षयकोष स्थापना गरेको छ । शिक्षाको क्षेत्रमा उल्लेख्य कार्य गरेबापत समाजले एक अन्तराष्ट्रिय संस्थाबाट ३ लाख रुँपैया बराबरको डलर पुरस्कार प्राप्त गर्न सफल भएको थियो । पुरस्कार राशीमा सोही बराबरको रकम थप गरि समाजले ५ करोडको अक्षयकोष स्थापना गरेको हो ।

मोरङको कटहरीस्थित केन्द्रिय कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि अक्षयकोष बारे जानकारी दिइएको थियो । कोषबाट दिगो विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउने गैह्र–सरकारी संस्था, शैक्षिक संस्था र पत्रकारलाई यसै बर्षदेखि बार्षिक रु. १० लाख बराबरको ‘‘दिगो विकासका लागी जीवन विकास पुरस्कार २०७७’’ प्रदान गर्ने घोषणा गरेको छ ।
जसमा पहिलो, दोश्रो र तेश्रो विधा गरि क्रमशः गैह्र सरकारी संस्थालाई ५ लाख, सामुदायिक पुस्तकालय तथा विकास केन्द्रलाई ३ लाख र गुणस्तरीय शिक्षाको प्रर्वद्धनमा योगदान पुर्‍याउने पत्रकारलाई २ लाखको नगद पुरस्कार प्रदान गरिने संस्थाका कार्यकारी निर्देशक योगेन्द्र मण्डलले बताउनुभयो ।

पुरस्कारको व्यवस्थापनका लागी काठमाण्डौं विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव श्रोत विकास केन्द्रका प्रतिनिधि सम्मिलित ७ सदस्यीय निर्देशक समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्