उद्योग संगठन मोरङद्वारा दुईवर्षे कार्ययोजना कार्यन्वयनमा, स्वेदशी उत्पादन प्राथमिकतामा

उद्योग संगठन मोरङद्वारा दुईवर्षे कार्ययोजना कार्यन्वयनमा, स्वेदशी उत्पादन प्राथमिकतामा

विराटनगर । उद्योग संगठन मोरङले आगामी २ बर्षे कार्यकालका लागी कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । संगठनमा अध्यक्ष सुयश प्याकुरेलको संयोजकत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि दुई वर्षे नयाँ कार्ययोजना कार्यन्वयनमा ल्याइएको हो ।

गत गत फागुन २८ मा सम्पन्न ४८ औ बार्षिक साधारण सभाबाट प्याकुरेल निर्वाचित हुनु भएको थियो । संगठनको चैत १९ गते बसेको कार्यसमितिले पदस्थापन कार्यक्रममा प्रस्तुत भएको कार्ययोजनालाई कार्यन्वयन गर्ने निर्णय गरेको हो ।

संगठनले आयात प्रतिष्थापन एवं निर्यात प्रवद्र्धन र स्थानीय स्तरमा व्यवसायीकअवसर एवं रोजगारी श्रृजना गर्ने लक्ष्यसहितको कार्ययोजना अगाडी सारेको छ । स्वदेशी उत्पादनको प्रवद्र्धनलाई अभियानका रुपमा सञ्चालन गर्ने, अध्ययन अनुसन्धानमा आधारित बहस र पैरवी, दक्ष जनशक्ति उत्पादनका लागि व्यवसायीक सीप विकास लगायतका क्षमता अभिबृद्धि कार्यक्रमहरु, सदस्य औद्योगिक प्रतिष्ठानहरुलाई व्यवसायी कविकास सेवा, असलश्रम सम्बन्ध, विश्वविद्यालय र उद्योगबीचकोे सहकार्य, नविन आविष्कार तथा सोचहरुलाई व्यवसायीकतामा रुपान्तरण गर्न सघाउ पुग्ने कार्यक्रमहरु, औद्योगिक प्रदर्शनी स्थल निर्माण तथा मेला प्रदर्शनीको आयोजना लगायतका मूख्य कार्यक्रमहरु प्राथमिकतामा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्