विराटनगर । एनआईसी बैंकद्वारा धरानको सब्जी बजारमा क्यूआर कोड सेवा विस्तार गरिएको छ । अनलाइन बैकिङ्ग प्रणालीबाट भुक्तानी गर्न सहज बनाउने उद्देश्यले त्यहाँका व्यापारीहरुलाई क्यूआर कोड सेवा उपलब्ध गराइएको हो ।
सब्जि बजारका एकसय व्यापारीलाई एकैदिन क्यूआर कोड सवा उपलब्ध गराइएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशन सत्येन्द्र तिम्सिना र धरान उपमहानगरपाकिलाका मेयर तिलक राईले व्यापारीहरुलाई क्यूआर कोड उपलब्ध गराउनु भएको थियो ।