एपिएफ र हेल्प नेपाल शिर्ष स्थानमा

<span class='c1'>एपिएफ र हेल्प</span> <span class='c2'>नेपाल शिर्ष स्थानमा</span>

काठमाण्डौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ शिर्ष स्थानमा रहन सफल भएका छन् । एपिएफले ३ मा तीनै खेल जित्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो । यस्तै हेल्प नेपालले पनि ३ खेलमा तीनै खेल जित्दै एपिएफ संग समान अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो ।

सात क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी र पुलिसको एनपिसी ३ खेलमा ६ अंक तथा बुलबुले रारा क्लब ४ खेलमा ६ अंक प्राप्त गरेका छन् । नयाँबजार समाज युवा क्लब ३ खेलमा र मणिमुकुन्द क्लब ४ खेलमा शुन्य अंकका साथ पुछारमा रहेका छन् ।

राष्ट्रिय बाणिज्य बैंकको प्रायोजन तथा नेपाल भलिबल संघको आयोजनमा भएको प्रतियोगितामा महिला तर्फ सेनाको त्रिभुवन आर्मी क्लब र पुलिसको एनपिसी ३ खेलमा तीनै खेल जित्दै समान ८÷८ अंकका साथ शिर्ष स्थानमा रहेका छन् । आर्मीले ह्वाङ्गजी न्यू डायमण्ड संग र पुलिसले एपिएफ संग ५ सेट खेल्दै जित हात पारेका कारण अंक बाँट्न बाध्य भएका थिए । यस्तै न्यू डायमण्डको ३ खेलबाट ७ अंक रहेको छ भने एपिएफको २ खेलबाट ४ अंक भएको छ । भरतपुर मेट्रोको ३ खेल र ढोरपाटन स्पोर्टस् क्लब ४ खेलमा ० अंकमा रहेका छन् ।

शिर्ष दुई टोलीले फाईनलमा उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् 

आज भएको महिला तर्फको खेलमा पुलिस र सेनाले जित हात पा¥यो । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५।९, २५।५, २५।५ र सेनाले भरतपुर मेट्रो क्लबलाई २५।९, २५।८, २५।१३ ले पराजित गरेको हो । यस्तै पुरुष तर्फको प्रतिस्पर्धामा पुलिसले मणि मुकुन्द भलिबल क्लबलाई २५।१८, २५।१९, २५।११ ले पराजित ग¥यो । तीन भारतीय खेलाडी सहितको टिपटप हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीले सज्जित बुलबुले रारालाई २१।२५, २५।१८, २६।२४ र २५।२१ को सेटमा पराजित गर्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्