विराटनगर विमानस्थल विस्तार योजना : मोरङ र सुनसरीका एक हजार २६७ कित्ता जग्गा अधिग्रहण गरिने

विराटनगर विमानस्थल विस्तार योजना : मोरङ र सुनसरीका एक हजार २६७ कित्ता जग्गा अधिग्रहण गरिने

विराटनगर । विराटनगर विमानस्थलको विकास विस्तार र स्तोरन्नतिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले विस्तार क्षेत्र भित्रको जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाएको हो ।
जग्गा प्राप्ति ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम जग्गाधनी व्यक्तिहरुले मुआब्जाका लागि दावी गर्ने ३५ दिन अवधीको सूचना सार्वजानिक गरिएको हो । जग्गाधनी व्यक्तिहरुले आफ्नो स्वामित्वमा रहेको रुख, बिरुवा, घर, टहरा लगायतका संरचनाको विवरण खुलाएर मुआब्जा दावी गर्न पाउनेछन् ।

यसैगरी आफ्नो हकदैया वा भोगचलन सम्बन्धी निस्सा प्रमाण (जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, नक्सा, मालपोत बुझाएको रसिदको प्रतिलिपि, नागरिकताको प्रतिलिपि)सहित रितपूर्वकको निवेदन विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयमा बुझाउनका लागि अनुरोध गरिएको छ ।
विमानस्थलको धावनमार्ग तीन हजार मिटरको लम्बाईमा विकास तथा विस्तार गर्नका लागि मोरङतर्फका एक हजार १२२ कित्ता जग्गा अधिग्रहण गरिने भएको छ । विराटनगर–४ मा पर्ने विमानस्थलका लागि साविक अमाही इक्राही १(ख) अन्तर्गतका ३ व्यक्तिको ५ कठ्ठा ४ धुर २ कन्वा, २(क) बाट ९९ जना जग्गाधनीको १७ बिघा, १९ कठ्ठा, १६ धुर, १(क) अन्तर्गत १५२ जनाबाट १० बिघा, ९ कठ्ठा, ४ धुर २ कन्वा, २ (क) कै ५७ जनाबाट ५ बिघा, ८ कठ्ठा, १४ धुर एक कन्वा, २(घ) का ८१ जनाबाट १ बिघा, ११ कठ्ठा, १८ धुर १ कन्वा र अमाही इकाक्री ४ का चारजनाबाट १५ कठ्ठा १० धुर ३ कन्वा जग्गा अधिग्रहण गरिने छ ।

यसैगरी विराटनगर–४ साविक बखरी ९(क) अन्तर्गत १३० जनाबाट २९ बिघा २ कठ्ठा १० धुर १ कन्वा, कन्चनबारी ९ (क) बाट २८२ जनाको ७ बिघा १३ कठ्ठा २ धुर २ कन्वा, कन्चनबारी ९(क) बाटै २४ जना व्यक्तिको नाममा रहेको ७ बिघा १३ कठ्ठा, २ धुर २ कन्वा, कन्चनबारी ७ बाट १२ कठ्ठा ७ धुर १ कन्वा, कन्चनबारी (९) २९० जनाको ८ बिघा ८ कठ्ठा १५ धुर ४ कन्वा जग्गा अधिग्रहण हुने भएको हो ।
सुनसरीको साविक रामगञ्ज बेलगछीया १(घ) र (ङ) बाट १४५ जनाको जग्गा अधिग्रहण गरिने भएको छ । सुनसरीको बर्जु गाउँपालिकामा पर्ने १(घ) बाट ६ बिघा १० कठ्ठा १० धुर १ कन्वा र १ (ङ) बाट २५ बिघा ८ कठ्ठा १२ धुर २ कन्वा जग्गा अधिग्रहण हुने भएको हो ।

विमानस्थल विस्तारका लागि मोरङतर्फ ८० बिघा १७ कठ्ठा १८ धुर जग्गा अधिग्रहण हुने भएको छ । यसैगरी सुनसरीतर्फ ३१ बिघा १९ कठ्ठा जग्गा अधिग्रहण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले जग्गावालाको नाममा सूचना जारी गरेसँगै मुआब्जा निर्धारण र वितरणको प्रक्रिया अगाडी बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्