विराट जुत्ताचप्पल व्यापार मेला विवाद : आफैंले उद्धघाटन गरेर आफैं बन्द गर्न निर्देशन

विराट जुत्ताचप्पल व्यापार मेला विवाद : आफैंले उद्धघाटन गरेर आफैं बन्द गर्न निर्देशन

विराटनगर । गत चैत्र ५ गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरमा जारी एक महिने विराट जुत्ताचप्पल व्यापार मेलाको उद्धघाटन गरेका थिए । जारी जुत्ताचप्पल मेलाले १९ औं दिनसम्म सन्तोषजनक नै कारोबार समेत गरिरहेको थियो । तर, १९ औँ दिनमा आईपुगेर विराटनगर महानगरपालिकाले जारी जुत्ताचप्पल व्यापार मेला तत्काल बन्द गर्न निर्देशन दियो । फुटवेयर म्यानुफेक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा जारी एक महिने जुत्ताचप्पल व्यापार मेलामा तत्काल रोक लगाएपछि अहिले मेला आयोजक समितिले आपत्ती जनाएको छ ।

मेला आयोजक समितिले सोमबार मेला परिसरमा नै पत्रकार सम्मेलनको आयोजना गरी मेला संचालनमा रोक लगाउने निर्णय तत्काल सच्याउन विराटनगर महानगरपालिकासँग अनुरोध गरिसकेको छ । विराटनगर महानगरपालिकाले चैत ५ गतेदेखि १ महिनाका लागि आयोजना गरिएको मेलालाई तत्काल बन्द गर्न आइतबार बेलुका पत्र पठाएको थियो। महानगरपालिकाले मेला संचालनका लागि इजाजत नलिएको, कर नतिरेको अनि कोरोना भाईरसको जोखिम देखिने भन्दै मेला संचालनमा रोक लगाएको पत्रमा उल्लेख गरिएको छ ।

महानगरपालिकाका नगरप्रहरीहरूले जुत्ताचप्पल व्यापारमेलामा सर्वसाधारणलाई मेलास्थल प्रवेशमा रोक लगाएका छन् । मेलामा जुत्ताचप्पल खरिद गर्न आउनेहरुलाई रोक लगाएपछि मेलामा जुत्ताचच्पल विक्री गर्न बसेका विभिन्न कम्पनीका कर्मचारीहरु गीत गाउदै टाईमपास गर्नवाध्य छन् । महानगरपालीले अचानक गरेको निर्णयले गर्दा आफुहरुलाई हेपाहा प्रवृतीको व्यावहार गरेको व्यापारीहरुले गुनासो गरेका छन् । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न र देशलाई जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बनाउँदै अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकासलाई ठूलो असर पुगेको आयोजकको ठहर छ ।

यता विराटनगर महानगरपालीकाका कार्यकारी अधिकृत उमेश बस्नेतले भने यहाँका साना खुद्रा व्यापारीहरुको जनगुनासो र कोरोनाको उच्च जोखिमसँगै विपत व्यावस्थापन समितिको वैठकपछि मेला बन्द गर्ने निर्णय भएको दावी गर्नु भएको छ । तर, व्यापारीहरुले यहाँका उद्योग सङठन मोरङ, मोरङ व्यापार संघ , विराट व्यापार संघ र जिल्ला प्रशासनसग समन्वय गरेर भए पनि केही दिनसम्मको लागी भए पनि मेला लगाउने पक्षमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्