विराटनगरलाई प्रदेश सरकारको पहिलो उपहार : शहिद मैदानमा ‘फ्लड लाइट’

विराटनगरलाई प्रदेश सरकारको पहिलो उपहार : शहिद मैदानमा ‘फ्लड लाइट’

विराटनगर । प्रदेश राजधानी विराटनगरलाई प्रदेश सरकारले पहिलो उपहारको रुपमा शहीद मैदानमा रात्रीकालीन खेलका ‘फ्लड लाईट’ जडान गरिएको छ । स्थायी बत्तीको सुविधाका लागि संरचना तयार गरेर यसको प्रयोग सुरु गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार राति फ्लडलाइट (बत्ती)को स्थायी संरचनाको औपचारिक उद्घाटन गर्नु भएको थियो । काठमाडौंपछि पहिलो पटक मोफसलमा स्थायी फ्लडलाइट निर्माण गरिएको हो । विराटनगरको ऐहासिक मैदान सहिद रंगशालामा स्थायी फ्लडलाइट निर्माणसँगै प्रादेशिक खेलकुदमा नयाँ आशाको किरण देखिएको छ ।

विराटनगरमा हुने गर्मीबाट यहाँका खेलप्रेमीले राहत पाउने भएको छन् । ठूला प्रतियोगिता पहिले जाडो तथा गर्मीका मौसममा दिउँसो गराउनु पर्ने बाध्यता रहेको थियो । बत्ती नहुँदा यहाँका चर्चित प्रतियोगिता दिउँसो गराउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको स्वीच बटन दबाएर उद्घाटन गर्दै प्रदेश सरकारले गरेका बाचा क्रमशः पुरा हुँदै गएको दावी गर्नुभएको थियो । प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताउँदै ३ वर्ष अघि फ्लडलाइट बनाउने प्रतिवद्धता व्यक्त गरे अनुसार काम भएको र खेलकुदलाई उच्च प्राथमिकता राखेको मुख्यमन्त्री राईले दोहो¥याउनुभयो ।
मुख्यमन्त्री राईले सरकारको आलोचना मात्रै गरेर बस्नेले सकारात्मक कामहरुको निरीक्षण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले सहिद रंगशालामा आउन आग्रह गर्दै चार लेन सडक, प्रत्येक जिल्लामा रंगशाला, पुललगायतका पूर्वाधार निर्माणको काम तिव्रगतिमा भईरहेको बताउनुभयो । ‘कुरा मात्र गरेर हुँदैन’ मुख्यमन्त्री राईले भन्नुभयो–वर्तमान सरकारको नेतृत्वमा विकास निर्माणलगायत जनताको जीवनस्तर उकास्न कार्यको प्रतिफल आउन थालेको छ ।

मुख्यमन्त्री राईले फ्लड लाइट सञ्चालनबाट यस क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका प्रतियोगिता सञ्चालनमा सहजता भई यस क्षेत्रको उद्योग, व्यापार र आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।
सामाजिक विकासमन्त्री उषाकला राईले लाइट सञ्चालनबाट यस क्षेत्रको खुलकुदको सञ्चालनमा वृद्धि हुनुका साथै राष्ट्रिय एवं अन्र्ताष्ट्रिय प्रतियोगितामा प्रदेशका खेलाडीहरुको क्षमता वृद्धि हुने बताइन् ।
प्रदेश १ सरकारको ५ करोड ४२ लाख रुपैयाँको लगानीमा फ्लड लाइट जडान गरिएको हो । ०७६ असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी ४ बटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ४ करोड २९ लाखमा ०७७ वैशाख २५ गते सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि भएको लकडाउनलगायत अन्य प्राविधिक समस्याले गर्दा निर्माण कार्य ढिलाइ भएको बताइएको छ ।

विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । विराटनगरमा २०१८ सालबाट तत्कालीन राजा श्री ५ महेन्द्रको नामबाट गोल्डकप प्रतियोगिता हुँदै आएको थियो । ०५९ सालबाट राजनैतिक समस्या र ०६२÷६३ जनआन्दोलनपछि श्री ५ महेन्द्रको नामबाट गर्ने नगर्नेबीच विवाद हुँदा स्थागित भएको थियो । तर, ०६७ मा ट्रष्टको साधारणसभाले नाम परिवर्तन गरी विराट गोल्डकप नामाकरण गर्दै पुनः प्रतियोगिता थालेको थियो । पछिल्लो समय विराटनगरबासीको मात्र नभएर प्रदेशकै प्रतिष्ठासँग जोडिएको यस गोल्डकप गत वर्ष आयोजना गर्न सकिएको थिएन ।
गत वर्ष मैदानमा स्थायी लाइटको संरचना तयार पार्ने काम भइरहेको र त्यसै समयमा कोरोना भाइरसको संक्रमण फैलिएका कारण सम्पूर्ण काम थप्प भएको थियो । कोरोना भाइरसको संक्रमणका कारण खेलकुदलागयत विश्व नै लकडाउनको अवस्थामा रहेको थियो ।

विराट गोल्डकपको विजेताले नगद १५ लाख १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद ७ लाख ५१ हजार रुपैयाँ पाउने छन् । मोफसलमा सर्वाधिक राशि खप्तड गोल्डकपमा नगद २१ लाख रुपैयाँ पुरस्कारपछि दोस्रो धेरै नगद राशि पुरस्कार रहेको विराट गोल्डकप हो । प्रतियोगितामा विभिन्न ७ वटा विधाका उत्कृष्ट खेलाडीले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
चैत २६ देखि वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा १० क्लबको सहभागिता रहने छ । जसमा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ)का साथै विराटनगर महानगरपालिका ११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, संकटा क्लब छन् भने भारतको युनाइटेट सिक्किम, पंजाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुम टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्