विराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीलाई बैकिंङ तालिम

विराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीलाई बैकिंङ तालिम

विराटनगर । विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजका बिद्यार्थीलाई ३ दिने बैंकिङ तालिम सम्पन्न भएको छ । कलेजका तेश्रो र चौथो बर्षमा पढिरहेका बिद्यार्थीहरुलाई सानिमा बैंक बिराटनगरको सहयोगमा तालिम सम्पन्न भएको हो ।

तालिममा बिद्यार्थीहरुले बैंकसंग सम्बन्धित सम्पूर्ण कामको बारेमा जानकारी लिएका थिए । साथै कलेजले बिद्यार्थीहरुलाई बिभिन्न बैंकमा समेत इन्टर्नशीप गराउने कलेजका प्रमुख कार्यकारी डा। ऋषिकेश वाग्लेले जानकारी दिए । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको वाग्लेले बताए । विद्यार्थीहरुलाई तालिम पच्यात प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो ।

बैंकिङ क्षेत्रको आधारभुत विषयबस्तु सम्बन्धि सानिमा बैंकका विराटनगर प्रमुख फडिन्द्र दाहाल र अफिसर अभिषेक शर्माले प्रस्तुती दिएका थिए । तालिममा बैंकिङ कार्ड तथा सफ्टवेरहरु, वित्तीय साक्षरता, बैंकिङ जोखिम, बैंकिङ बजार लगायतका विषयमा जानकारी गराइएको थियो । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री ९बिआइबिएम० सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्