लोकप्रिय सांगितिक समुह ‘पहेंलो बत्ति मुनी’ र ‘स्पेश’ विराटनगर आउँदै

लोकप्रिय सांगितिक समुह ‘पहेंलो बत्ति मुनी’ र ‘स्पेश’ विराटनगर आउँदै

नेपाली युवाहरु बिच लोकप्रिय रहेको दुई सांगितिक समुह पहेंलो बत्ति मुनि र स्पेशले विराटनगरमा प्रस्तुती दिने भएका छन् । यहि शुक्रबार चैत्र २७ गते विराटनगरमा पहिलो पटक उनीरुले प्रस्तुती दिने भएका हुन् । मेल्लो भाइब्स नाम दिइएको कार्यक्रम विराट रक्सको आयोजनामा हुन लागेको छ । उक्त सांगितिक कार्यक्रम बरगाछीमा रहेको कार्पेदियममा हुने भएको हो ।
सिमित दर्शक बिच हुने सांगितिक कार्यक्रमको टिकट दर रु १ हजार राखिएको छ भने टिकटसँगै ड्रिंक्सहरु कम्प्लिमेन्ट्रिमा उपलब्ध गराईने विराट रक्सको एक संचालक पल्लब भन्डारीले जानकारी दिनु भयो ।
कार्यक्रमको टिकट कार्पेदियम, रेनबो गल्लीमा रहेको मामा घर , मेनरोडमा रहेको म्युजिक हब , दाज्जुको चिया पसल, रानीमा रहेको माङ्गहाङ्ग रेस्टुरेन्ट र इसेवाको माध्यमबाट इसेवा आइडी 9842021214 मार्फत अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।

बरि लै, लोरी, ऐना र दाग जस्ता अर्थपुर्ण शब्द र भिडियोसहित निर्माण गरिएको चर्चित गित गाएको पहेंलो बत्ति मुनि युवा जगतबिच पछिल्लो समय निक्कै लोकप्रिय हुदै गएको छ । यसैगरि पोस्ट रक ब्यान्डका रुपमा सांगितिक समुह स्पेश यस जाँनराका संगितप्रेमीहरुको प्लेलिस्टमा बस्दै आएको छ । दुई फरक जनराँको गित संगित उत्पादन गरिरहेको ब्यान्ड ल्याईरहँदा यि दुईको समिश्रणले दुबै विधा मन पराउने दर्शकहरुको लागि रोमान्चक अनुभूति हुने दाबी भण्डारीले गर्नुहुन्छ ।

कार्यक्रमको ओपनिङ्ग स्थानीय सांगितिक ब्यान्ड दि अननोन्सले गर्ने छ । विराटनगरमै स्थापना भएको दि अननोन्सले पनि आफ्नै गितहरु प्रस्तुत गर्ने भण्डारीले बताउनु भयो ।
कोभिड-१९ महामारीले अक्रान्त पारेर अस्तव्यस्त भएको जनजीवनलाई विस्तारै सामान्य पार्न विराटनगरमा भईरहेका यस्ता सांगितिक कार्यक्रमहरुले सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्