विराट गोल्ड कप भोलीबाट, पहिलो खेल विराटनगर र सिक्किम बिच

विराट गोल्ड कप भोलीबाट, पहिलो खेल विराटनगर र सिक्किम बिच

भोली चैत्र २६ गते विहिबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । मंगलबार साँझ सहिद रंगशालामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी सम्पन्न भएको जानकारी गराएको छ । प्रतियोगिताका संयोजक मनोज विक्रम साहले प्रतियोगिताका सबै तयारी सकिएको बताउदै प्रतियोगितामा १० टिमहरुको सहभागिता रहने जानकारी दिनु भयो ।

प्रतियोगिताको पहिलो खेल विराटनगरको घरेलु टोली विराटनगर ११ र युनाइटेड सिक्किम फुटबल क्लब बिच हुने भएको छ । खेल साँझ ७ बजेबाट सुरु हुने साहले जानकारी दिनु भयो ।

प्रतियोगितामा नेपालबाट मछिन्द्र क्लब, संकटा ब्वाइज स्पोर्टिङ्ग क्लब, शशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गोरखा ब्वाइज क्लबको सहभागिता हुने भएको छ । यसैगरी विदेशी टोलीहरुमा छिमेकि मुलुक भारतबाट पंजाव पुलिस, युनाइटेड सिक्कीम फुटबल क्लब, अफ्रिकि मुलुक क्यामरुनबाट अफ्रिकन रुट्स एसोसिएसन रहेका छन् । यसैगरि विराटनगर महानगरपालिकाको आफ्नै टिम विराटनगर महानगरपालिका ११ समेत सहभागी हुँदैछ । यस अघि झारखण्डको टिम आउने तय भएता पनि अन्तिम समयमा उसको साटो सिक्किमबाट युनाइटेड सिक्किम फुटबल क्लब आउने भएको छ ।

प्रतियोगिताको उपाधि जित्ने टिमले हालसम्मकै बढि १५ लाख १५ हजार र उप-विजेताले ७ लाख ५१ हजार नगद राशिको नगद पुरस्कारसहित कप प्राप्त गर्नेछन् । त्यस्तै टुर्नामेन्टको प्रत्येक दिन हुने खेलमा म्यान अफ द म्याच’ हुने खेलाडीले १५ हजार नगद पुरस्कारसहित सिल्ड, म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकलसहित पदक प्राप्त गर्नेछन् ।
यसै गरि प्रतियोगितामा प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, गोलकर्ता, व्यवस्थापक र टिममध्येका उत्कृष्ट सबैलाई २५-२५ हजार राशिको पुरस्कार प्राप्त गर्नेछन् ।

टिकट दर
टुर्नामेन्टका हरेक दिनका खेल हर्ने चाहनेका लागि दैनिक टिकट दरहरुमा क्वाटर फाइनलका खेलहरुमा रु २ सय सेमीफाइनलका खेलहरु ३०० र फाइनल खेलको रु ४ सय रुपैयाँ रहेकोछ । यसै गरि टुर्नामेन्ट भरीका सबै खेलहरु हेर्न सकिने गरि सिजनल टिकट र फाटोसहितको भिआइपि इन्ट्रान्स कार्ड रु २ हजारमा किन्न सकिन्छ ।
यस्तै सिजनल र भिआइपी इन्ट्रान्स कार्ड लिने व्यक्तीहरुले दैनिक लाइन लागेर टिकट काटिरहनु पर्दैन र यस्ता टिकटका लागि खेल अवलोकन गर्न छुट्टै प्याराफिटमा बस्ने व्यवस्था गरिएको छ ।

सुरक्षा
रात्रीकालिन टुर्नामेन्ट आयोजना हुने भएकाले महिलालगायत सबै खाले दर्शकको सुरक्षालाई दृष्टिगत गर्दै रंगशाला आसपासका क्षेत्रमा ३५ वटा सीसी क्यामेरा जडान गरेर त्यसको निगरानी जिल्ला प्रहरी कार्यालयबाट गर्ने व्यवस्था गरिएको संयोजक मनोज विक्रम साहले जानकारी दिनुभएको छ । खेल सकिएपछि सडकमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीहरूलाई ठाउँ-ठाउँमा परिचालन गरिने छ । साथै यस संस्करणमा अरु संस्करण भन्दा फरक कोभिड १९ महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा समेत ध्यान दिएको साहले बताउनु भयो । मास्कको अनिवार्य प्रयोगका साथै आधारभूत सुरक्षा मापदण्ड पालनलाई अनिवार्य गर्नका लागि प्रवेश गर्दा नै मास्क र सेनिटाईजर प्रदान गर्ने बताईएको छ । । साथै महामारीलाई मध्यनजर गर्दै रंगशालाको ९ हजार क्षमता भएपनि घटाएर ५ हजार जना दर्शकहरु बिचमात्र खेल खेलाइने व्यवस्था गरिएको साहले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्