उद्योग संगठन मोरङका विशिष्ठ सल्लाहकारमा खनाल, ओझा र दाहाल

उद्योग संगठन मोरङका विशिष्ठ सल्लाहकारमा खनाल, ओझा र दाहाल

विराटनगर । आर्थिक एवं औद्योगिक क्षेत्रको विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने लक्ष्यसहित उद्योग संगठन मोरङले अगाडी सारेको मेरो देश मेरै उत्पादन योजनालाई सफल बनाउन विशिष्ठ सल्लाहाकार समिति गठन गरिएको छ ।
नेपाल सरकारका पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा र नेपाल सरकारको भन्सार प्रशासनमा लामो समय आवद्ध रहेका श्याम दाहाल सम्मिलित विशिष्ठ सल्लाहकार समिति गठन गरिएको हो ।

अर्थ मन्त्रालयका पूर्व सचिवका रुपमा रही मुलुकको आर्थिक नीति निर्माणमा उल्लेख्य योगदान पु¥याउनु भएको खनालको संयोजकत्वमा नेपाल भारत वाणिज्य सन्धि निर्माण तथा द्धिपक्षीय र वहुपक्षिय सन्धि सम्झौता निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न भएका ओझा र भन्सार प्रशासनमा लामो समय आवद्ध रही भन्सारको सवलीकरण र सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका दाहाललाई समितिमा राखिएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेललेका अनुसार राष्ट्रिय आर्थिक एवं औद्योगिक क्षेत्रको विकासका लागि नेपाल सरकारले तर्जुमा गर्ने अल्पकालिन, मध्यकालिन र दीर्घकालिन नीतिहरुमा उद्योग÷व्यवसाय क्षेत्रको सम्वद्र्धन र प्रवद्र्धनका लागि सरकारले सम्वोधन गर्नुपर्ने बिषयहरुका सम्बन्धमा अध्ययन अनुसन्धानको जिम्मेवारी समितिले पाउने छ । त्यस बाहेक नेपाल सरकार समक्ष ठोस सुझावहरु प्रस्तुत गर्न विशिष्ठ सल्लाहकारहरुले नियमित रुपमा संगठनलाई नीतिगत सल्लाह, सुझाव तथा मार्गदर्शन गर्ने अध्यक्ष प्याकुरेलले बताउनुभयो ।

आर्थिक एवं औद्योगिक विकासको विविध आयाम तथा क्षेत्रका नीति ऐन, कानुनहरुको निर्माणमा लामो समयसम्म प्रत्यक्ष संलग्न भई उहाहरुले हासिल गर्नुभएको विशेष दख्खल, विज्ञता एवं अनुभवहरुलाई भरपुर उपयोग गरी उद्योग संगठन मोरङले आर्थिक एवं औद्योगिक विकासमैत्री नीति निर्माणका लागि योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्