कटहरी करिडोरको बिद्युत समस्याको हल खोज्न उद्योग संगठन मोरङको पहल

कटहरी करिडोरको बिद्युत समस्याको हल खोज्न उद्योग संगठन मोरङको पहल

विराटनगर । मोरङको कटहरी करिडोरमा देखिदैं आएको बिद्युत आपूर्ति प्रणालीको समस्याको हल खोज्न उद्योग संगठन मोरङले पहल सुरु गरेको छ । कटहरी क्षेत्रका उद्योगी–व्यवसायी र नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रतिनिधिसँग संयुक्त छलफलको आयोजना गरि संगठनले तत्काल बिद्युत समस्या हल गर्न पहल लिएको हो ।

उद्योग संगठन मोरङमा भर्खरै निर्वाचित समितिले बिहीबार उद्योगी–व्यवसायी र प्राधिकरणका प्रतिनिधिबीच छलफलका लागि समन्वय सुरु गरेको छ । विद्युत सप्लाईमा आईरहने समस्याका कारण कटहरी क्ष्ँेत्रका उद्योग÷व्यवसायहरुको उत्पादन तथा गुणस्तरमा ह्रँस आउनुका साथै कच्चा पदार्थ समेत खेर गईरहेको भन्दै त्यस क्षेत्रका उद्योगी–व्यवसायीले बारम्बार आवाज उठाउ“दै आएका छन् ।

विद्युत आपूर्ति प्रणालीमा देखिएको समस्या सुधार गरी निरन्तर विद्युत सप्लाई गर्न संगठनका अध्यक्ष सुयश प्याकुरेलले प्राधिकरणका प्रतिनिधिलाई त्यस क्रममा अनुरोध गर्नुभएको थियो । विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश गोहिवारले पूर्वाधार निर्माण, लोड व्यवस्थानका जस्ता कारणले कटहरी क्षेत्रको विद्युत सप्लाईमा समस्या आएको बताउदै उक्त समस्या केही दिन भित्रै समाधान गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

 

विना सूचना विद्युत कटौती गर्ने, वारम्वार ट्रिपिङ हुने, विद्युत सप्लाई भएको समयमालो भोल्टेज आउने जस्ता समस्याले कटहरी क्षेत्रका उद्योगहरु समस्यामा पर्दै आएका छन् । प्राधिकरणले एक पटक सटडाउन गरेर सेवाको प्रभावकारिता बढाउने आश्वासान दिनु भएको संगठनका उर्जा हेर्ने संयोजक नन्दकिशोर राठीले जानकारी दिनुभयो ।
छलफलमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष्ँ प्रदीप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष बिपिन कावरा, कार्यसमिति सदस्य सुनिल धनावत, प्रतिभा रिजाल ओली, नेपाल विद्युत प्राधिकरण प्रतिनिधिहरुका साथै कटहरी क्षेत्रका उद्योगी÷व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्