चलचित्र ‘प्रेमगन्ज’मा सम्पदा बानियाँ

चलचित्र ‘प्रेमगन्ज’मा सम्पदा बानियाँ

काठमााण्डौं । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुनलागेको चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकारमा अर्की नायिका सम्पदा बानियाँ छनौट भएकी छन् । यस अघि अडिसनमार्फत केहीकलाकारहरु छनौट भएका थिए ।
चलचित्रमा नयाक तेजगिरी र नायिकामा बेनिशा हमालसंगै सम्पदा पनि छनोट भएको बतााईएको छ । यस चलचित्र त्रिकोणात्मक विसुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए ।

यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् । यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली, गिता अधिकारीलगायतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका हुन् ।

बिगत २५ बर्ष देखि नेपाली चलचित्रजगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र बैशाख पहिलो साताबाट छायांकनमा जाने बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्