मोरगं व्यापार संघ प्रधानमन्त्रीबाट सम्मानित

मोरगं व्यापार संघ प्रधानमन्त्रीबाट सम्मानित

‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा मोरगं व्यापार संघलाई सम्मान गरिएको छ ।
प्रदेश १ बाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघ सम्मानित भएको हो । सो अवसरमा अध्यक्ष प्रकाश मुन्दडालाई प्रधानमन्त्री केपी शर्मा ओली,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहित विशिष्ठ व्यक्तित्वज्यूहरुले सम्मान गर्नुभएको थियो ।

संघलाई उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पुर्याएको भन्दै संघलाई सम्मान गरिएको हो । मोरगं व्यापार संघ देश कै सबै भन्दा पुरानो उद्योग वाणिज्य संघको रुपमा स्थापित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्