कालिकोटमा शनिबार आगलागी हुँदा छ घर जलेर नष्ट

<span class='c1'> कालिकोटमा शनिबार आगलागी हुँदा</span> <span class='c2'>छ घर जलेर नष्ट</span>

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा  छ घर जलेर नष्ट भएका हुन् ।

आगलागीमा परी  दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत छ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनुभयो । आगलागीका कारण मानवीय क्षति नभएको र अन्य एउटै घरको करीब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको अध्यक्ष सेजुवालले जानकारी दिनुभयो । “घरमा रहेका सबै धनमाल जलेर नष्ट भएका छन्”, उहाँले भन्नुभयो, “एउटै घरको करीब १० लाखदेखि १५ लाखसम्म धनमालको क्षति भएको छ ।”

आगलागीपीडितलाई तत्काल खान र बस्नका खाद्यान्न वितरण गरिएको अध्यक्ष सेजुवालले बताउनुभयो । “तत्काल खान र बस्नका लागि खाद्यान्नको व्यवस्था गरेको छौँ”, उहाँले भन्नुभयो, “अग्निपीडित अहिले त्रिपाल टागेर बसेका छन् ।” आगलागी पीडितलाई घर निर्माणका लागि नेपाल सरकारको जनता आवास कार्यक्रममार्फत घर निर्माणको पहल थालिने अध्यक्ष सेजुवालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्