सास्थम कलेजका विद्यार्थीलाई अभिमुखिकरण

सास्थम कलेजका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेको सास्थम कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई एक दिनको अभिमुखिकरण तालिम दिएको छ । बीएचएम र बीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई सोमबार अभिमुखिकरण गराएको हो ।

बीएचएमको ७० र बीबीएसको ४० कोटा रहेको उक्त कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखकरण गराएको कलेज प्रशासन प्रमुख राजेश गुरूङ्गले जानकारी दिए । विद्यार्थीहरूलाई अभिमुखकरणमा प्रशिक्षक बिनय विष्णु केसी, कलेजका प्रिन्सिपल प्रमुख देवराज श्रेष्ठ लगायतले गराए ।

उक्त अभिमुखीकरणको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातवरण राज्यमन्त्री राजकुमार ओझाले गरेका हुन् । कार्यक्रममा साउथ एसियन स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट प्रालिका अध्यक्ष रेवत बहादुर थापा, परीक्षा व्यवस्थापक कार्यालय विराटनगरका सह परीक्षा नियन्त्रक अजय साह, प्राध्यापक डा. सन्देश दास श्रेष्ठ, सास्थम कलेजका प्रबन्धक निर्देशक रोशन बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्