एम्सको विद्यार्थी अभिमुखिकरण कार्यक्रम पोखरामा

<span class='c1'>एम्सको विद्यार्थी अभिमुखिकरण</span> <span class='c2'>कार्यक्रम पोखरामा</span>

विराटनगर । विराटनगर–०९ मा अवस्थित एम्स कलेजले यस वर्ष भर्ना भएका बि.एच.एम. अध्ययनार्थ तेस्रो ब्याचका विद्यार्थीहरुलाई पोखराको माउण्ट ग्लोरी फरेस्ट रिसोर्टमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त पाँच तारे होटलमा दुई दिन आवास गराई कलेजले नयाँ विद्यार्थीहरुलाई होटल सम्बन्धि जानकारी गराएको छ ।

गुड नाइवर इन्टरनेश्नल ,नेपालका संयोजक टुपेन्द्र खुलालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विषेश अतिथी सोही होटलका फुड एण्ड बिभरेज मेनेजर गोबिन्द लुईटेलले विद्यार्थीहरुलाई होटल सम्बन्धि विषेश कक्षा लिनुभयो । खुलालले विद्यार्थीहरुलाई आफुले रुचाएको विषयलाई समय दिएर अध्ययन गरे नेपालमा नै बसेर धेरै राम्रो काम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सि.एम.बस्नेतले विद्यार्थीहरुलाई गरिखाने बनाउन कलेजले केही कसर बाँकी नराख्ने बताउनुभयो भने अतिथीहरुलाई स्वागत गर्दै कलेजका बि.एच.एम. कोअर्डिनेटर सुरेन्द्र मण्डलले विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाईका लागि होटल लगिएको र पहिलो कक्षा नै होटल अवलोकनबाट शुरु गरिएको बताउनुभयो । उक्त कार्यक्रम होटल मेनेजमेण्ट अध्ययन गर्ने विद्यार्थीका लागि फाईदाजनक भएको र होटलमा नै बसेर होटल मेनेजमेण्ट पढ्दा धेरै कुरा सिक्न पाएको विद्यार्थीहरुले बताए ।

एम्स कलेजले विद्यार्थीको सार्वङ्गीण विकासका लागि विद्यार्थीहरुको पढाई अनुसारको फिल्ड भिजिट गराई रहन्छ । यस भन्दा अघि कलेजले विद्यार्थीहरुलाई भारतको सिलिगुरी लगेको थियो । कलेजमा त्रि.वि.वि बाट सम्बन्धन प्राप्त बि.बि.एस., बि.एच.एम. र बि. एस.सि. सि.एस.आई.टी विषयहरु अध्यापन गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्