कंचनबारीमा जिउँदो माछा बिक्रि केन्द्र संचालनमा आउदै

कंचनबारीमा जिउँदो माछा बिक्रि केन्द्र संचालनमा आउदै

विराटनगर
विराट एकीकृत कृषि फर्मले प्रदेश १ को राजधानी विराटनगरमा नयाँ वर्षको अवसर पारी जिउँदो माछा बिक्रि केन्द्र सुरु गर्ने भएको छ । उक्त बिक्रि केन्द्रबाट कटहरिमा अवस्थित आफ्नै फर्ममा उत्पादित विशेष गरि पंगास प्रजातिका माछाहरु बिक्रि गर्ने संचालक विष्णु आचार्यले जानकारी दिए । केन्द्रको उद्घाटन विराटनगर वडा नम्बर ३ का अध्यक्ष बिनोद बस्नेतले गर्ने बताइएको छ।

चार महिना अघि कटहरीबाट सुरु गरिएको उक्त एक्वाकल्चर कम्पनीले हाल पूर्वका कटहरी ,झोराहाट , इनरुवा,बलाहा गरि विभिन्न स्थानका व्यक्तिहरुलाई आफ्नो फर्ममा उत्पादन तथा प्रवर्द्धन गरिएका अर्गानिक,जिउदो,ताजा ,स्वच्छ र स्वादिलो माछाहरु सहज,सरल र सर्वसुलभ रुपमा उपलब्ध गराउदैं आएको फर्म संचालक आचार्यले बताए । आफ्नो कम्पनीको बारेमा जानकारी दिदै आचार्यले भने, 'अहिले करिब सय बिघा जमिनमा आफ्ना पोखरीहरु रहेको छ जहाँ माछापालन मात्र नभएर बिभिन्न प्रजातिका भुराहरु पनि उत्पादन गर्ने गरेका छौं ।"

अहिले बजारमा पाइने प्राय माछाहरुमा लामो समयसम्म ताजा राख्ने फर्मालिन नामक विषादी प्रयोग गरिने भएकाले ति माछा स्वास्थ्य दृष्टिकोणले हानिकारक हुने बताउदै आचार्यले आफुहरुले विषादी मुक्त ताजा माछाहरु विक्री वितरण गर्दै आएको दाबी गर्दछन् ।

आचार्यले भने, 'विराटनगरवासीको स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित ताजा माछा खुवाउने सातौँ 'आउटलेट' विराटनगरको कन्चंवारी चोकबाट २ सय मिटर पुर्वमा संचालन गर्न लागेका छौं ।'
विराटनगरका साथै साथै सुनसरीको खनारमा माछाको लागि पोषणयुक्त दाना फ्याक्ट्री समेत बन्दै गरेको र अबका केहि महिनाभित्र माछाले खाने दाना पनि आफ्नै फ्याक्ट्रीमा उत्पादन हुने आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्