सुनवर्षीमा लाग्ने मेला सुनसान

सुनवर्षीमा लाग्ने मेला सुनसान

रबिन्द्र बराल
रंगेली । मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षको बैशाख १ गते नयाँ वर्ष को दिन लाग्दै आएको मेला यसवर्ष पनि सुनसान बनेको छ । सुनवर्षी थानमा विशेष पुजाआजासहित पोखरीमा लाग्ने सुनवर्षी मेला कोरोना संक्रमणको कारणले यसवर्ष पनि सुनसान बनेको हो । सामान्य पुजा गरेर यो वर्षको मेला समेत बुधबार सम्पन्न भएको छ ।

सुनवर्षी थान मंन्दिरमा विशेष पुजाआजाका साथसाथै विशेष मेला लाग्ने गरेको थियो । गतवर्ष कोरोना संक्रमण कारण सामान्य बनेको थियो । यसवर्ष समेत बिश्वब्यापी रुपमा दोस्रो चरणमा कोरोना भाईरसको संक्रमण बढेको भन्दै सामान्य नै भएको छ ।
बैशाख १ गतेका दिन विभिन्न देविदेउताहरु बासस्थान रहेको ठाउँमा झकिझकाउ सुन्दर बनाउने गरिएको थियो । सुनववर्षी महारज थानमा विशेष गरेर आफ्नो मनोकामना पूरा भएपछि माटोको हात्ती, कागजबाट बनाइएको फुलघोडा चडाउने गरेका छन । तराईमा बसोवास गर्ने आदिवासीे ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवताको रुपमा सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पुजा गर्ने गर्दछन ।

सुनवर्षीबाट वैशाखभरि मोरङको दक्षिणी भेगमा विभिन्न थानमा मेला हुने प्रचलन समेत रहेको छ । उक्त मेलामा पूर्वी तराईको झापा,मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन् । सुनवर्षी महारजाको ग्राम पूजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको समिति का अध्यक्ष कुमार बुढाथोकीले बताए । उनले भने गत बर्ष र यस बर्ष मंन्दिरमा विशेष पुजा नहुँदा र मेलामा समेत विशेष उत्साह नभएको हो ।

पचास वर्षअगाडि देखि उक्त स्थानमा रहेको पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा विवाह बटुलोका बेला भाँडाकुँडा र गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको पाईन्छ । तीन वबघा १२ कठ्ठा क्षेत्रफलमा सुनवर्षी महाराजको ग्रामथान रहेको छ । जसमा २ विघामा पोखरी देख्न सकिन्छ । सुनवर्षीमहाराज ग्रामथान संरक्षण समितिका अध्यक्ष बुढाथोकीले भने यो ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेपनि पछिल्लो दुईवर्ष नराम्रोसँग प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्