‘मेरो पदक शुभचिन्तकलाई समर्पण गर्छु’ : डाक्टर रोका

‘मेरो पदक शुभचिन्तकलाई समर्पण गर्छु’ : डाक्टर रोका

विराटनगर

न्युरो अस्पताल विराटनगरका वरिष्ठ न्युरो सर्जन डाक्टर यामबहादुर रोकाले आफूले प्राप्त गरेको सम्मान र पदक शुभचिन्तकहरूलाई समर्पण गरेको बताएका छन् । डाक्टर रोकालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रवल जनसेवाश्री मानपदबी प्रदान गरेकी थिइन् ।

पत्रकार सम्मेलन मार्फत डाक्टर रोकाले आफूले पाएको सम्मान र पदक शुभचिन्तकलाई समर्पण गरेको जानकारी गराएका हुन् । डाक्टर रोकाले प्रदेश १ मा पहिलोपटक न्युरो सर्जरी सेवा सुरु गरेका थिए । विसं २०६६ सालमा न्युरो अस्पतालबाट उनले सेवा सुरु गरेका हुन् । दश वर्षको अवधिमा प्रदेश १ मा आठ वटा न्युरो सर्जरी सेवा प्रदान गर्ने अस्पतालहरू खुलेका छन् । नेपाल र भारतमा समेत चर्चित डाक्टर रोकाले १० वर्षको अवधिमा पाँच हजारको शल्यक्रिया गरेका छन् ।

डाक्टर रोकाले विराटनगरमा सेवा सुरु गरेसँगै न्युरो सर्जरीका लागि काठमाडौँ तथा भारत जानुपर्ने बाध्यता हटेको थियो । ‘न्युरो सर्जरीको अभावमा पूर्व क्षेत्रका सेवाग्राहीले सिलगुडी जानुपर्ने तथा दुर्घटनाबाट अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता कम गर्न हामी सफल भएका छौँ,’ ‘आजको दिनसम्म आइपुग्दा न्युरो सर्जरीमा हामीले पाएको सफलताबाट प्रेरित भएर आठवटा अस्पतालमा न्युरो सेवा सुरु भएको छ ’ डाक्टर रोका भन्छन्।

न्युरो सर्जरीसँग सम्बन्धित रोगबाट हुने मृत्युदर पनि कम भएको उनको भनाइ छ । ‘न्युरो सर्जरीसँग सम्बन्धित रोगबाट हुने मृत्युदर धेरै नै कम गर्न सफल भएका छौँ,’ उनले भने, ‘भारत गएर न्युरो सर्जरीका लागि महँगो उपचार गर्नुपर्ने बाध्यता पनि अन्त्य भएको छ ।’ काठमाडौँ र भारतको तुलनामा विराटनगरमा धेरै सस्तोमा उपचार सेवा प्रदान गरिरहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्