टिएमजेमा खुल्यो ‘गोठ द होटल’

टिएमजेमा खुल्यो ‘गोठ द होटल’

आकृति रानि फुयल
विराटनगर । गुराँसको राजधानी भनेर चिनिने तेह्रथुम स्थित तीनजुरे, मिल्के,जलजले जुन ठाँउ अहिले (टिएमजे) का नामले प्रसिद्ध छ। जहाँ वसन्त ऋतु लाग्ना साथ आन्तरिक तथा बाह्य पर्यटकहरु गुराँस फुलेको मनमोहक दृश्य हेरि रमाउन आउँछन् । विभिन्न हिमालहरुको दृश्यावलोकन गर्न जानेको भिड पनि उतिकै हुने गरेको छ । त्यसैगरि पर्यटकहरुले टिएमजे आसपास रहेका सभा पोखरी, गुराँसको जङ्गल, कंचनजंघा, मकालु लगायतका हिमालहरुको अवलोकन गरि आनन्द लिने गरेका छन् ।

टिएमजेको आकर्षणसँगै नजिकै ‘गोठ द होटल’ सञ्चालनमा आएको छ । विराटनगरका दुई युवाहरु मुरारी घिमिरे र उनका साथि विराटनगर निवासी विप्लव कार्कीको संयुक्त रुपमा ३० लाख लगानी गरेर होटल संचालनमा ल्याइएको हो। भर्खरै सुरु गरिएको यस होटेलमा हाल भने जम्मा पाँच वटा कोठाहरु छन् । जहाँ एउटा कोठामा चार जना सम्म बस्न सक्नेछन्। त्यसैगरी डाडाँमा टेण्ट लाएर १०–१५ क्याम्प फायर गर्दै रमणीय वातावरणमा बस्न सक्ने घिमिरेले बताए । एउटा टेण्ट चार जनासम्म क्षमता रहेको छ । समग्रमा भन्नुपर्दा हाम्रो होटेलमा चालिस जना सम्म आनन्दका साथ बस्न सक्नेछन् ।

युरोपको आकर्षक कमाई छाडेर स्वदेशमै केही गर्ने घिमिरेको चाहना भएपछि उनले आफ्ना साथिसंग मिलेर आफ्नो पुर्ख्यौलि ठाउँ समेत रहेको संखुवासभामा पारिवारिक वातावरण सहितको होटेल संचालनमा ल्याएको बताएका हुन् । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरि यो क्षेत्रमा सबैभन्दा ठूलो लगानीमा खोलिएको यो पहिलो होटेल हो ।
केहि वर्ष युरोपका होटेलहरुमा काम गरेको अनुभव बटुलेका उनले पर्यटकीय क्षेत्र टिएमजेलाई आफ्नो सपना बनाएका छन् । अर्काको देशका होटेलमा काम गर्नु भन्दा आफ्नो देशमा केहि गर्नुको इज्जत भिन्नै हुने घिमिरेको भनाई छ ।

अन्य थुप्रै ठाउँहारु थिए त होटेल संचालन गर्न तर टिएमजे नै किन रोज्नुभयो ? संचालक घिमिरे भन्छन् , संखुवासभा मेरो जन्मभुमि हो त्यसैले मेरो बाल्यकाल पनि यहि बितेको थियो तर पछि द्वन्दसँगै आफुहरुले गाउँ छोडेर फर्कनु परेको उनले बताए । उनले भने त्यसबेला आफु केटाकेटी हुँदा यो बाटो ट्रेकिङ रुट थियो जहाँ विभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटकहरु कंचनजंघा, मकालु, सगरमाथा, ल्होत्से लगायतका हिमाल यहि बाटो हुँदै पदयात्राका लागि जाने गर्दथे।

टीएमजे मुलुकमै गुराँसको राजधानीको रुपमा परिचित छ जहाँ बर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । त्यसैले पर्यटन क्षेत्रको विकास प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ आफुहरुले संखुवासभामा ‘गोठ द होटेल’ सुरु गरेको उनले बताए । आकर्षक साजसज्जा सहित खोलिएको उक्त होटल सजावटको लागि स्थानीय चित्रा र बाँसको प्रयोग गरी बनाइएको छ । त्यसैगरी तीनजुरे क्षेत्र अत्याधिक चिसो हुने भएकाले पनि ग्राहकको स्वास्थ्य र पारिवारिक आतिथ्यलाई ध्यानमा राख्दै न्यानोपनको आभाष दिने उद्देश्यले आफ्नो होटेलमा क्याम्प फायरको समेत व्यवस्था गरिएको छ।

गोठमा खान र बस्नको कस्तो सुबिधा छ, बजारका होटेलको तुलनामा ?
उक्त होटेलमा नेपालीहरुको पहिलो रोजाईमा पर्दै आएको दाल भात, तरकारीका साथै स्थानीय र शुद्ध अर्गानिक खाना गुन्द्रुक,फापर तथा कोदोको ढिडो र सिस्नोको पनि स्वाद लिन सकिन्छ । साथै सो होटेलमा स्वस्थ, सफा गोठमा बस्न र रमाइलो गर्नका लागि विशेष ध्यान पु¥याइएको छ । हाम्रोमा पहाडमा पाइने स्थानीय, ताजा तथा स्वादिलो स्वादिलो खानेकुरा जस्तै कोदो तथा फापरका परिकारहरु नयाँ तथा आधुनिक तरिकाले पस्किएका खानाको पनि मज्जा दिलाउने कोशिस गर्छौं हामि। साथै बस्ने कोठाहरु पनि बजारका होटलहरु जत्तिकै मुल्यमा उपलब्ध रहेको छ।
यो होटेलको नाम ‘गोठ द होटल’ नै किन राखिएको हो ?
हामिले यो ठाँउको इतिहास पल्टाएर हेर्ने हो भने, यो एउटा खर्क हो । जहाँ हाम्रा जिजुबुवाहरुको पालामा यहाँ गाईबस्तु चराउने गरिन्थ्यो । हो, त्यहि इतिहासलाई जिवित राख्दै हामीले हाम्रो होटेलको नाम मात्र द गोठ राखेका हौं । हामिले होटेलको सजावट पनि त्यहि हिसाबले गरेका छौं जहाँ आगन्तुक पाहुनाहरुले त्यो पुरानो जिवनशैलिको महसुस गर्न सक्नुहुन्छ ।
गोठको प्रमुख उद्देश्य नै आफ्ना पाहुनाहरुलाई ‘मोर्डन कम्फर्ट ट्रेडिस्नल भाइब्स’ प्रदान गर्नु हो । एउटा पहाडको डाँडामा रहेर पनि आफुहरुले गोठमा कुनै सम्झौता नगरेको बरु आगन्तुक पाहुनाहरुलाई सकेसम्म राम्रो सुबिधा दिएको उनि बताउँछन् । साथै उनि भन्छन् , गोठमा बस्न र रमाइलो गर्ने कुरा त छँदैछन् हामिले खानेकुरामा पनि विशेष ध्यान पुर्याएका छौं । हाम्रोमा पहाडमा पाइने स्थानीय, ताजा तथा स्वादिलो खानेकुरा जस्तै कोदो तथा फापरका परिकारहरु नयाँ तथा आधुनिक तरिकाले पस्किने कोशिस गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्