एरिना ग्रुपले सेनेटरी प्याड बजारमा ल्याउदै

एरिना ग्रुपले सेनेटरी प्याड बजारमा ल्याउदै

इटहरी । एरिना गु्रपले महिला तथा बालबालिकालाई लक्षित गरि सेनेटरी प्याड र डाईपर चाडैनै बजारमा ल्याउँदैछ । केपक हेल्थ एण्ड हाईजिङ नाम दिईएको प्रोडक्टले महिला तथा बालबालिकाहरुको स्वास्थलाई मध्यनजर गर्दै कम मूल्यमा सेनेटरी प्याड,डाईपर र टिस्यू पेपर बजारमा ल्याउन आँटेको एरिना ग्रुपका मेनजिङ डाईरेक्टर समिर कार्कीले जानकारी दिनुभयो ।

बिभिन्न साईजमा उत्पादन गरिएको सेनेटरी प्याड तथा डाईपर उपभोक्ताका लागि निकै प्रभावकारी हुने बताईएको छ ।
एक पटक प्रयोग गरिएको प्याड तथा डाईपर करिब १२ घण्टा सम्म चल्ने जनाईएको छ । महिला तथा बालबालिकाहरुको स्वास्थ्थलाई मध्यनजर गर्दै सर्बसाधारणको पहुच सम्म पुर्याउने उदेश्यले यो प्रोडक्ट बजारमा आटेको कार्कीले बताउनु भयो । बिगत लामो समय देखि बिभिन्न व्यवसाय गर्दै आएको एरिना ग्रुपले अन्तराष्ट्रिय स्तरको सेनेटरी प्याड,डाईपर र टिस्यु पेपर बजारमा भित्र्याउन आटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्