विराटनगर । सरकारले भीडभाड हुने शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।
कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबारको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने निर्णय गरेको छ ।