विराट गोल्ड कपको उपाधी सशस्त्र प्रहरी बल नेपाललाई (अपडेट)

विराट गोल्ड कपको उपाधी सशस्त्र प्रहरी बल नेपाललाई (अपडेट)

विराट गोल्ड कप २०७७ को उपाधी सशस्त्र प्रहरी बल नेपालले जितेको छ । पंजाव पुलिसलाई १-० गोल अन्तरले पराजित गर्दै सशस्त्रले उपाधी उचालेको हो ।
खेल सुरु भएको १० औं मिनेटमा प्रदिप लामाले गोल गरेर सशस्त्रलाई १ गोलको अग्रता दिलाउनु भएको थियो ।
त्यसपछि पंजाव पुलिसले कुनै गोल फर्काउन नसक्दा प्रदिपको सोहि गोल निर्णायक हुन पुग्यो । खेलको म्यान अफ दि म्याच प्रदिप लामा घोषित हुनुभयो । उहाँले १० हजार नगदका साथै अवार्ड प्राप्त गर्नुभयो ।

विजय हुँदै सशस्त्रले विराट गोल्ड कपको उपाधीका साथै १५ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ । साथै दोश्रो हुने पंजाव पुलिसले रनरअपको उपाधीका साथ ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ठ गोल किपर सशस्त्र प्रहरी बल नेपालका जर्सी नम्बर ३० का राजु नगरकोटी हुनु भएको छ। उहाँले २५ हजार नगद पुरस्कार र अवार्ड पाउनु भएको छ ।

प्रतियोगिताको उत्कृष्ठ डिफेन्डर सशस्त्र प्रहरी बल नेपालका जर्सी नम्बर २० सनिस श्रेष्ठ हुनु भएको छ । उहाँले २५ हजार नगद पुरस्कार र अवार्ड पाउनु भएको छ ।

प्रतियोगिताको उत्कृष्ठ मिड फिल्डरको उपाधी सशस्त्र प्रहरी बल नेपालका २९ मणी लामा हुनु भएको छ। उहाँले २५ हजार नगद पुरस्कार र अवार्ड पाउनु भएको छ ।

प्रतियोगिताको उत्कृष्ठ फरवार्ड स्ट्राईकर संकटा क्लबका जर्सी नम्बर ७का खेलाडी फोने फोकना हुनु भएको छ। उहाँले २५ हजार नगद पुरस्कार र अवार्ड पाउनु भएको छ ।
प्रतियोगिताको बढि गोलकर्ता विराटनगर महानगरपालिका ११ का जर्सी नम्बर ७ का प्रकाश बुढाथोकी हुनु भएको छ। उहाँले २५ हजार नगद पुरस्कार र अवार्ड पाउनु भएको छ ।
फेयर प्ले टिम अवार्ड विराटनगर महानगरपालिका ११ ले प्राप्त गरेको छ । उसले २५ हजार नगद पुरस्कार र अवार्ड पाउनु भएको छ ।

प्रतियोगिताको उत्कृ्ष्ट प्रशिक्षक सशस्त्र प्रहरी बल नेपालका प्रशिक्षक सुदिप श्रेष्ट हुनुभएको छ । उहाँले २५ हजार नगद पुरस्कार र अवार्ड पाउनु भएको छ ।

प्रतियोगिताको म्यान अफ दि टुर्नामेन्टको उपाधी सशस्त्र प्रहरी बल नेपालका जर्सी नम्बर २३ का आशिष लामाले पाउनु भएको छ । उहाँले मोटरसाईकल र अवार्ड पाउनु भएको छ ।

थप अपडेट केहिबेरमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्