विराटनगरको पुरानो कन्चनजंगा पाटी प्यालेस पाञ्चालिमा स्थान्तरण, आधुनिक स्वरुप र सुन्दर ढाँचा

विराटनगरको पुरानो कन्चनजंगा पाटी प्यालेस पाञ्चालिमा स्थान्तरण, आधुनिक स्वरुप र सुन्दर ढाँचा

विराटनगर । काठमाण्डौंको कार्की ब्याकेटलाई बिर्साउने गरि विराटनगरमा आधुनिक र आकर्षक पार्टी प्यालेस सञ्चालनमा आएको छ ।
विराटनगर–१२ पाञ्चालीमा कन्चनजंगा पार्टी प्यालेस नयाँ आकर्षक र सुन्दर स्वरुपमा रुपान्तरण गर्दै सञ्चालनमा आएको हो ।

साढे चार कठ्ठा जग्गामा दुई करोड रुपैँया बराबरको संरचना निर्माण गरिएको छ । कन्चनजंगा पार्टी प्यालेसका सञ्चालक भोला बरालका अनुसार आकर्षक ढाँचामा निर्माण गरिएको ५०० जना क्षमता भएको सभाहल, १५० जना क्षमताको कन्फरेन्स हलसहित पार्टी प्यालेस परिसरको काम सकिएको छ ।

पार्टी प्यालेसको ठूलो हल र सानो हलका बीचमा निर्माण भईरहेको लज भने निर्माणाधिन चरणमा रहेको छ । पाँचतलाको भवनमा ३० वटा कोठा बनाईने भएको छ । विवाह, ब्रतबन्ध, गोष्ठि–सेमिनारदेखि सभा सम्मेलन समेत आयोजना गर्न सकिने गरि निर्माण गरिएको पाटी प्यालेस आगामी बैशाख २८ गतेदेखि औपचारिक सञ्चालनमा आउने भएको छ ।

विराटनगर बसपार्क पश्चिम पुरानो जिल्ला शिक्षा कार्यालय नजिकै भाडाको घरमा सञ्चालनमा रहेको कन्चनजंगालाई पाञ्चालीमा आफ्नै संरचना बनाएर स्थान्तरण गर्न लागिएको सञ्चालक बरालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्