विराटनगरका उद्योगीलाई वैज्ञानिक महावीर पुनको सुझाव–इनोभेसन गफ हैन, कामबाट प्रमाणित गर्ने क्षेत्र

विराटनगरका उद्योगीलाई वैज्ञानिक महावीर पुनको सुझाव–इनोभेसन गफ हैन, कामबाट प्रमाणित गर्ने क्षेत्र

विराटनगर । उद्योग संगठन मोरङले उद्योग तथा व्यवसाय गर्न चाहने नयाँ प्रवेशीको लागि स्टाटअप एण्ड इनोभेसन कार्यक्रम अगाडी सारेको छ । संगठनले पहिलो पटक स्टाटअप एण्ड इनोभेसनको क्षेत्रमा काम गर्ने गरि समिति नै बनाएर ‘प्रोजेक्ट एण्ड इन्भेष्टर’ का लागि हौसलाको कार्यक्रम अगाडी सारेको हो । जुन कार्यक्रमले उद्योगहरुमा नविन प्रविधिको प्रयोग बढाउँदै उत्पादन लागत घटाउने र बढीभन्दा बढी फाइदा लिन सकिने संभावनाको खोज र अनुसन्धान गर्नेछ ।

उद्योग संगठन मोरङको अध्यक्षमा सुयश प्याकुेरलको नेतृत्वमा नयाँ समिति निर्वाचित भएसँगै उद्योगी सुरेन्द्र गोल्छाको संयोजकत्वमा स्टाटअप एण्ड इनोभेसन समिति गठन गरिएको छ । जसमा पूर्वाञ्चल विश्वविद्यालयका डिन बिजु थपलिया, सिर्जनशिल युवा सरोज कार्की र सरोज लम्साल तथा जयन्ती आचार्य सदस्य रहेको समिति गठन गरिएको हो ।

संगठनले आइतबार नेपाली वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग स्टाटअप एण्ड इनोभेसनका विषयमा अन्चतरसंवाद कार्यक्रमको आयोजना गरेको छ । उद्योग र व्यवसायको क्षेत्रमा स्टाटअप (नवप्रवेशी) र इनोभेसन (नवप्रवद्र्धन) का कार्यक्रमलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा पुनले उद्योगी र व्यवसायीसँग प्रत्यक्ष अन्तरसंवाद गर्नुभएको थियो ।

उहाँले इनोभेसन गफ गर्ने मात्रै नभएर कामबाट प्रमाणित गर्ने विषय भएको बताउँदै त्यसका लागि आवश्यक पर्ने तयारी बारे बताउनु भएको थियो । नेपालमा उद्योग–व्यवसायबाट रोजगारीको सिर्जना हुनसके मात्रै हुन सके मात्रै समृद्धि संभव रहेकोले लगानीको क्षेत्रमा खोज र अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
अहिलेसम्म नेपालमा रिसर्च र इनोभेसन सेमिनार र विश्वविद्यालयका पुस्तकमा मात्रै सिमित छ, अध्यक्ष पुनले उद्योगी–व्यवसायीकाबीचमा भन्नुभयो–अब फिल्डमै देखिने गरि काम गरिनुपर्दछ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासँगै इनोभेसनका क्षेत्रहरु विस्तारै जोडिदै गएको बताउँदै उहाँले प्रतिभा पहिचान गर्ने र प्रोत्साहनको काम केन्द्रले गर्ने भएपनि बाँकी कुरा आफैंले गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले इनोभेसन व्यवसायी बन्नसक्ने सबै क्षेत्रमा लागु हुने बताउँदै आविष्कार केन्द्रले समेत सबै समान हैसियतमा प्रोजेक्टहरुको संभाव्यता अध्ययन गर्ने बताउनुभयो । तर, अध्ययन र अनुसन्धान गरिएका प्रोजेक्ट सबै सफल हुन्छन् भन्न सकिदैन, अध्यक्ष पुनले भन्नुभयो–तर, इनोभेसनमा जोडिनुपर्ने जरुरी छ ।

औद्योगिकरणमा इनोभेसनलाई जोड्न सक्दा मात्रै त्यसको प्रतिफल सकारात्मक भई उत्पादन लागत कम हुनसक्ने उहाँको तर्क थियो । बढ्दो व्यापार घाटा कम गर्नका लागि आवश्यक पर्ने सबै क्षेत्रका उत्पादनहरुलाई तत्काल इनोभेसन मान्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले त्यसका लागि खोज र अनुसन्धान जरुरी रहेको बताउनुभयो ।
विकसित मुलुकहरुले विश्वविद्यालयका प्रोफेसर र आविष्कारमार्फत खोज र अनुसन्धान गरेर लगानी गर्दछन्, पुनले भन्नुभयो–हाम्रोमा यस्तो हुने गरेको छैन, जसले लगानीको प्रतिफल सकारात्मक देखिदैन । यसका लागि नेपालमा भईरहेका केहि प्रयत्नहरुलाई सबैको जोडबलमा सफल बनाउनु पर्नेमा उहाँको जोड थियो ।

प्रदेश १ मा मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भएसँगै त्यसलाई इनोभेसनको केन्द्रको रुपमा प्रयोग गरिनुपर्नेमा पुनले जोड दिनुभयो । आफुले समेत मनमोहनमा महिनाको सातदिनसम्म विद्यार्थीलाई समय दिने बताउँदै उहाँले उद्योगी–व्यवसायीले समेत त्यहाँबाट लाभ लिनसक्ने सुझाव दिनुभयो । सरकारको मुख मात्रै ताकेर इनोभेसनको क्षेत्र अगाडी बढ्न नसक्ने बताउँदै पुनले उद्योगी–व्यवसायीले सामाजिक उत्तरदायित्व अन्तर्गत बुझाउनु पर्ने कुल मुनाफाको १ प्रतिशत रकममध्ये निश्चित रकम स्टाटअप एण्ड इनोभेसनको क्षेत्रलाई छुट्याउन सक्ने सुझाव दिनुभयो । उहाँले औद्योगिक क्षेत्रलाई म्यानुअलबाट स्वचालित बनाउन आवश्यक रहेकोले त्यसका लागि इनोभेसन नै आवश्यक रहेकोमा जोड दिनुभयो ।

उद्योग संगठन मोरङका अध्यक्ष प्याकुरेलले नव उद्यमीलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्दै संगठनले अघि सारेको मेरो देश मेरै उत्पादनलाई सार्थक बनाउने योजना अगाडी सारिएको बताउनुभयो । उद्योग संगठन मोरङले वैज्ञानिक पुनलाई समेत सल्लाहाकारको रुपमा नियुक्ति गरेको जानकारी दिदैं प्याकुरेलले आगामी दिन औद्योगिक क्षेत्रलाई नयाँ मोड दिने योजना रहेको दावी गर्नुभयो ।
कार्यक्रममा युवा उद्योगी पारस नुनियाले इनोभेसनका क्षेत्र धेरै भएपनि दैनिक कार्यमा सरल विधिको प्रयोग बढाउने कुरामा जोड दिन आवश्यक रहेको बताउनुभयो । यसैगरी स्टाटअप एण्ड इनोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले उद्योगी–व्यवसायीका लागि अनुपम उदाहरण बन्ने गरिका योजनाहरुमा बारम्बार छलफल र निष्कर्ष निकाल्दै प्रयोगमा जाने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्