मंगलबार चैतेदशैंको कर्णाली प्रदेशमा सार्वजनिक विदा

<span class='c1'>मंगलबार चैतेदशैंको कर्णाली</span> <span class='c2'>प्रदेशमा सार्वजनिक विदा</span>

कर्णाली प्रदेशमा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो ।
कर्णाली सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गतवर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूचना गरिएको बताउनुभयो ।
सचिव पौडेलका अनुसार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्