विराटनगरमा सेरामिक पट व्यावसाय सुरु

विराटनगरमा सेरामिक पट व्यावसाय सुरु

विराटनगर

विराटनगर ९ स्थित गुद्री लाईनमा सेरामिक पट व्यावसाय सुरु भएको छ। विराटनगर ६ की २७ बर्षिया स्वेता सिंहले सो व्यवसाय करिव १० लाखको लगानीमा अहिले संचालनमा ल्याएकी छन् । नेपाल सहित थाईलेण्ड, नेदरल्याण्ड, कलकत्ता सिलगुडी लगायतका ठाँउहरुबाट विभिन्न प्रकारका फुलसँगै फुल रोप्नको लागी सेरामिक पटहरु ल्याएर त्यसको व्यावसाय सुरुवात गरेकी छन् ।

स्वेता भन्छिन्, ' जसले फुललाई प्रेम गर्छ, उसलाई मात्रा थाहा हुन्छ फुलको महत्व अनि यसको विशेषता ' । त्यस्तै पछिल्लो समय घर होस या कार्यालय हरेक ठाँउहरुमा विभिन्न प्रकारका फुलहरुले सजिएका हुन्छन् । अनि त्यही सजिएका फुलहरुले गर्दा ती ठाँउहरु पनि हेर्दा मनमोहक र आकर्षित देखिने गर्दछ ।

हुन त फुलसँग सबैको प्रेम हुन्छ तर त्यो फुललाई कसरी प्रेम गर्ने भन्ने चाही फरक कुरा हो । हो अहिले विराटनगरमा एक नारी छिन् जसले नेपालका फुल मात्र नभएर विदेशबाट समेत ल्याएर फुलको व्यावसाय गर्दै आएकी छन् । आफ्नोमा न्युनतम एक सय रुपैयाँ देखि ८ हजार रुपैयाँ मूल्य बराबरको फुलहरु पाइने संचालक सिंहले बताईन्।

केही समय अघि उनि काठमान्डौ र भारतको विभिन्न स्थानमा पुगि त्यहाँ रहेका विभिन्न प्रकारका फुलहरु देखिन् । त्यति मात्र हैन ती फुलहरुलाई कसरी रोपिएका छन् र फुलको संरक्षरण गर्ने विधिहरु पनि उनले त्यहाँ सिकिन। उनलाई त्यहाँको बाताबरणले लोभ्यायो र उनले मनमनै सोचिन यो व्यवसायलाई विराटनगरमा पनि कसो गर्न नसकिएला र ? । आफु पनि सानैदेखी फुललाई असाध्यै माया गर्ने व्यक्ति भएका कारण घरका कौशीहरुमा विभिन्न प्रकारका फुलहरु रोप्दै आइरहेकी थिइन ।

'प्लान्ट लभर्स' उनले जादाजादै ओबी मिडियालाई आफुसंग भेटेर केहि कुरा गरि आफ्नो व्यवसाय प्रवर्धनमा सहयोग पुर्याउनुभएकोमा धेरै धेरै धन्यवाद दिदैं सम्पूर्ण विराटनगर वासीहरुलाई आफ्नो व्यवसाय स्थल अवलोकन गरि आफुलाई मन परेका फूलहरु लिएर जान सक्ने बताईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्