विराटनगर भन्सार परीसरबाटै चोरी पैठारी, एकैदिन भन्सार र प्रहरीद्वारा कपडा बोकेका दुई गाडी नियन्त्रणमा

विराटनगर भन्सार परीसरबाटै चोरी पैठारी, एकैदिन भन्सार र प्रहरीद्वारा कपडा बोकेका दुई गाडी नियन्त्रणमा

विराटनगर । भन्सार छलेर चोरी पैठारी गरि भित्र्याइएको कपडासहितको एउटा गाडी बिहीबार राती विराटनगर भन्सार कार्यालय परिसरबाटै पक्राउ परेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले कपडा लोड गरिएको भारतीय नम्बर प्लेटको गाडीलाई आकस्मिक चेकजाँचका क्रममा नियन्त्रणमा लिएका हुन् ।

विराटनगर–६ का राजकुमार रौनियारले आयात गरेको कपडा गाडीमा थियो । भारतीय नम्बर प्लेट बीआर ३८ जीए २६०६ को पीकअप गाडी कपडा लोड गरेर भन्सार परिसरबाटै भित्रिएको थियो । रौनियारले एउटै बिलबिजकमा दोहोरो मालवस्तु भित्र्याएको सूचना थाहा पाएपछि भन्सार प्रमुखले आकस्किम चेकजाँच गरेका थिए । तर, यसलाई भन्सारका सूचना अधिकृतले सन्तोष यादवले भने नियमित चेकजाँचका क्रममा शंकास्पद लागेर नियन्त्रणमा लिई छानविन सुरु गरिएको बताएका छन् ।

एक महिनामा भन्सार कार्यालयले ३० वटासम्म गाडीलाई आकस्मिक चेकजाँच गर्ने लक्ष्य राखेको र यस पटक भारतीय नम्बर प्लेटको पीकअफमा केहि शंकास्पद अवस्था भेटिएको यादवको भनाई छ । रौनियारले यस अगाडी समेत भन्सारका कर्मचारीलाई मिलाएर कपडा भित्र्याउने गरेको आरोप लाग्ने गरेको छ । उनी विराटनगर सरोचियासम्म कपडा ल्याएर त्यहाँबाट काठमाण्डौंसम्म सप्लाई गर्दै आएका छन् ।
पछिल्लो दिनमा भन्सार क्षेत्रदेखि खुल्ला सीमा क्षेत्रबाट समेत तस्करीको लाइन पुनः चालु भएको पुष्टि भन्सारबाटै प्रवेश गरेको मालवस्तु पक्राउ पर्नुले गर्दछ ।

भन्सार क्षेत्रमा मात्रै नभई प्रहरीले सुनसरी ईटहरी-९ स्थित राजमार्गबाट आज विहान साढे ९ बजे अबैध रुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैया बराबरको लत्ताकपडाहरु बराम गरेको छ ।

बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले राजमार्गबाट को १ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा भन्सार छली गरी ल्याएको कुर्ताको कपडा ४४ रोल, साडी ३५७ पिस ,गम्छा ३२५ पिस र बेहुलीको साडी ९७ पिस फेला पारी बरामद गरेको हो ।
यसरी बरामद गरिएको लत्ताकपडा,ट्रक र चालक समेतलाई आवश्यक कारबाहीका लागी राजश्व अनुसन्धार क्षेत्रिय कार्यालय ईटहरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पछिल्लो समय भेडियारी क्षेत्रबाट जगदिश साहले तस्करी चलाईरहेका छन् । यसैगरी जहदा कदमाहा कुडरिया नाकाबाट समेत दुईदिन अगाडी स्याउ भारततर्फ चोरी निकासी गरिएको छ । ठूलो परिमाणमा रातभर स्याउ सीमा कटाइएको हो ।
यसैगरी डुमरियाबाट समेत पछिल्लो समय लाइन चलिरहेको छ ।  दशैं र तिहारको बीचमा लाइन बन्द भएपछि माछा भित्र्याउँदै आईएको थियो । पछिल्लो समय अन्य सामाग्री समेत चोरी पैठारी र निकासी हुन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्