भन्सार एजेन्ट अकबर अलीको विराटनगर–६ स्थित घरमा प्रहरीको छापा, भण्डारण गरिएको कपडा बरामद

भन्सार एजेन्ट अकबर अलीको विराटनगर–६ स्थित घरमा प्रहरीको छापा, भण्डारण गरिएको कपडा बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर–६ शैलेस मन्दिर नजिकबाट तस्करी गरेर ल्याएको ठूलो परिमाणको कपडा र जुत्ता बरामद गरेको छ । भन्सार एजेन्ट अकबरी अलीको घरमा शुक्रबार राती छापा हानेर प्रहरीले बच्चाको कपडा तथा जुत्ताचप्पल बरामद गरेको हो ।

भारतबाट क्यारिङ्गमा भित्र्याएको सामान गोदाम गरेर राखेको सूचना पाएको प्रहरीको टोलिले राती छापा हानेको थियो । सूचनाका आधारमा सामान बरामद गरेपनि कारवाही गर्ने भन्दा सामान त्यतिकै छोड्न लागेको स्थानीयले आरोप लगाएका छन् ।
बिहीबार राती भन्सार कार्यालय परिसरबाट राजकुमार रौनियारले अवैध रुपमा भित्र्याएको कपडाको गाडी नै समातिएको थियो । इटहरीबाट समेत एक ट्रक कपडा प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्