तस्करीको सामान खोज्न गोदाम पुग्दा पेस्तोल बरामद

तस्करीको सामान खोज्न गोदाम पुग्दा पेस्तोल बरामद

विराटनगर । भन्सार चोरी पैठारी र निकासीमा संलग्न हुँदै आएका विराटनगरका एक व्यापारीको गोदाममा राजश्व अनुसन्धानको कार्यालयले छापा मार्दा पेस्तोल र दुई राउण्ड गोलि फेला परेको छ । केहिदिन अगाडी मात्रै भन्सार परिसरबाटै चोरी पैठारी गरेको कपडा पक्राउ परेपछि थप अनुसन्धान गर्ने भन्दै तस्करीको सामान लुकाएको आशंकामा गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको हो ।

भन्सार क्षेत्रमा एजेन्टहरुसँग मिलेमतोमा समेत काम गर्दै आएका राजकुमार रौनियारले सञ्चालन गरेको गोदामबाट पेस्तोल र गोली बरामद भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
तस्करीको कपडा र हार्डवेयरका सामाग्री लुकाएको आशङ्कामा राजस्व अनुसन्धान र प्रहरीको टोली आइतबार साँझ विराटनगर–७ धाडेवा रोडमा रहेको गोदाममा पुगेको थियो । गोदाममा छापा मार्ने क्रममा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।

पेस्तोल भेटिएपछि गोदामका कामदार इटहरी उपमहानगरपालिका १७ घर भई विराटनगर बस्दै आएका २४ वर्षीय सुजितकुमार साहलाई पक्राउ गरिएको छ । तर, तस्करीका क्रममा रौनियारले आफ्नो समूहका व्यक्तिहरुलाई दिएर पठाउनका लागि पेस्तोल खरिद गरेको कतिपय जानकारहरुले बताएका छन् । पेस्तोल भेटिएपछि सुजित कुमार साहले आफूले नै राखेको स्वीकार गरेका थिए ।

कानुनी रुपमा गोदाम साहको देखिएपनि रौनियारले तस्करी गरेर ल्याएका सामान त्यहाँ राख्ने गरेको बताइन्छ । भन्सार एजेन्ट समेत रहेका रौनियारले चोरी पैठारी गरिएका सामान त्यहाँ राखेर इटहरीका लागि साहमार्फत पठाउने गरेको बुझिएको छ । प्रदेश र इटहरी प्रहरीले समेत तीनदिन अगाडी एक ट्रक कपडा नियन्त्रणमा लिएपछि चौतर्फी रुपमा अनुसन्धान गर्ने निकायलाई दवाव बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्